जलेश्वर आइपुगे मणिपाल कलेज संचालन गर्ने टोली – Jaleshwortoday

जलेश्वर आइपुगे मणिपाल कलेज संचालन गर्ने टोली

 ९ भाद्र २०७९, बिहीबार १४:५५  
kk

राकेश प्रसाद चौधरी
महोत्तरी, ८ भाद्र्र

मणिपाल मेडिकल एण्ड एजुकेशन गु्रप (नेपाल) प्रा.लि.को प्रतिनिधि टोलीले जलेश्वर पुगेरै मणिपाल कलेज संचालन गर्ने प्रतिबद्धता जनाएको छ । जलेश्वर नगरपालिका ८ मा रहेको ३० बिग्हा भन्दा बढि जग्गा अवलोकन गरिसकेपछि मणिपालका प्रतिनिधि नारायण प्रसाद पौडेल र शान्ता राज बतास तथा प्रमुख इन्जिनियर संजय कुमार गुप्ताले संयुक्त रुपमा मणिपाल कलेज संचालन हुने प्रतिबद्धता जनाएका छन् । अढाई दशक अगाडि इन्जिनियरिंग कलेज संचालनको लागि जग्गा खरिद गरिए पनि कामकारवाही अगाडि नबढेपछि जलेश्वरका नगरपालिका मेयर सुरेश साह सोनारले आधिकारिक तथा अन्य सरोकारवालाहरूले मौखिक ताकेता गर्न थालेका थिए । जलेश्वरका नगरपालिका कार्यालयमा आयोजित छलफलमा नगर प्रमुख सोनारले जनप्रतिनिधि तथा नगरपालिकाको तर्फबाट मणिपाल कलेज संचालनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको बरिष्ठ इन्जिनियर पवन कुमार झाले बताए । छलफलमा मधेश प्रदेशका मुख्य न्याधिवक्ता लगायत नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती थियो ।