जलेश्वरटुडे समाचारदाता
धनुषा, १० भाद्र्र

जनकपुरधाममा भारतको भिलबारा राजस्थानमा अवस्थित संगम युनिभर्सिटि अन्तर्गत लिइएको एचए र डिप्लोमा ईन्जिनियरिंगको डोनेशन र स्कलरशिप

परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । २०७९ साल श्रावण ७ गते जनकपुरधाममा लिइएको परीक्षाबाट ३ जना एचए(२ केटा र १ जना केटी) र ३

जना डिप्लोमा ईन्जिनियरिंंग(२ केटा र १ जना केटी) मा स्कलरशिपमा नाम निकाल्न सफल भएको केरियर केयर कन्सलटेन्सिको संचालक तथा संगम

विश्वविद्यालय नेपालको शाखा कार्यालयको प्रमुख संजिब साहले जानकारी गराए । अन्य परीक्षामा सहभागिहरुलाई प्र्राप्तांकको आधारमा छात्रबृिित्त दिइएको

संचालक साहले बताए । सहभागिहरुलाई खाँवा र टीका लगाई सम्मान समेत गरिएका थिए । कार्यक्रम जनकपुरधामको मसाला कटेजमा समपन्न भएको थियो ।


