जलेश्वरटुडे समाचारदाता
धनुषा, ११ भाद्र्र
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ई—रिक्सा ईकाई समितिको नव मनोनित ११ सदस्यहरुले एउटा कार्यक्रम वीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्र्रहण गर्नेहरुमा अध्यक्ष रमेश झा(सुदामाजी),उपाध्यक्ष राजेश्वर मण्डल(खत्वे),सचिव गंगा प्रसाद गुप्ता,कोषाध्यक्ष पुष्पराज अर्याल,सक्रिय
सदस्यहरुमा देव शरण महरा,दया राम यादव,विजय चौधरी,रामनाथ साह,रंजीत गामी, राजु झा र सल्लाहकार सदस्य जगन साह रहेका थिए । यिनीहरुलाई प्रदेश कोषाध्यक्ष अनिरुद्ध झाले शपथ ग्र्रहण गराउनुुको साथै परिचय पत्र समेत बाँडेका
थिए । मनोनित पदाधि कारी लगायत उपस्थित अतिथिहरुलाई माला लगाई सम्मान गरिएको थियो । ई—रिक्सा चालकहरुले आफ्नो ७ बुँदे माँगहरु अविलम्ब उपमहानगरपालिकाले पुरा गरिदिनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी ट्राफिक
प्र.स.ह.शंकर प्रसाद नेपालले ट्राफिकको नियम पालनादेखि यात्रुुहरुसँग उचित भाडा लिई राम्र्र्रो व्यवहार गर्न सुझाएका थिए । त्यसैगरी नेपाल सद्भावना पार्टीको संघीय प्रवक्ता पवन कुमार साहले आफ्नो पार्टी ई—रिक्सा चालकहरुको लागि
सदैव लड््ने बताउनुभयो । कार्यक्रम संचालन तथा उद््घोषण संयोजक विरेन्द्र महतोले गरेका थिए ।