तिज तथा चौर्चनको शुभकामना – Jaleshwortoday

तिज तथा चौर्चनको शुभकामना

 १४ भाद्र २०७९, मंगलवार ०१:०६  
Jaleshwor Today Editorial

हिन्दु महिलाहरुको आस्था तथा विश्वासको पर्व तिज तथा चौरचन(गणेश चतुुर्थी) अहिले मधेस प्र्रदेश लगायत देशभरी नै हर्षाेल्लासका साथ मनाइदै छ । तिजमा खास गरी महिलाहरु आफ्नो पतिको दीर्घायुको लागि ब्रत बस्ने गर्दछन् । यतिबेला महिलाहरु रंगीचंगी रातो सारीमा सजिएको देखिन्छन् । यो पर्व मनाउन महिलाहरु साँस्कृतिक कार्यक्रम गरेर खुशियाली बाँडने गर्दछन् । त्यसैगरी चौरचन(गणेश चतुर्थी) तराईमा मनाइने एक विशेष किसिमको पर्व हो । यस पर्वमा समेत घरको मूल व्यक्ति ब्रत बसी साँझ विभिन्न परिकारहरु सहित फलफुल,मिठाई आदि भगवान चन्द्रमालाई चढाउने गरिन्छ । घरका सबै सदस्यहरुले हात जोडी फलफुल हातमा राखी अर्घ दिने तथा आशिर्वाद लिने गर्दछन् । खास गरेर यो पर्व पति तथा छोराको दीर्घायुको लागि मनाइने गरिन्छ । साँझपख चन्द्रमालाई अर्घ दिइने यो पर्व नेपाल तथा भारतमा समेत मनाइन्छ । यो पर्व मनाउन देशभरी नै महिला विदा समेत दिइने चलन छ । यस वर्ष तिज तथा चौरचन एकै दिन परेको हुनाले दुवै पर्व मनाउन महिलाहरुलाई कठीनाई भए पनि सबैले विश्वास र साहसका साथ यो मनाउने बुझिएको छ । तर कतिबेला तिज र चौरचन फरक मितिमा हुने भए पछि यसको छुट्टै पहिचान हुने बुझिएको छ । अन्तमा सबै श्रद्धालु महिलाहरुमा तिज तथा चौरचनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।