देर आए दुरुष्त आए – Jaleshwortoday

देर आए दुरुष्त आए

 १७ भाद्र २०७९, शुक्रबार ००:३०  
Jaleshwor Today Editorial

जलेश्वर महोत्सव—२०७९ मनाउने निर्णय ढीलो लिइए पनि सही र स्वस्थ निर्णय लिइएको देखिन्छ । जलेश्वर टुडे दैनिक पत्रिकाको प्रकाशक तथा सम्पादक पवन कुुमार साहले समेत यस सम्बन्धमा विगतमा जलेश्वरका स्थानिय समाजिक अभियन्ताहरुसँग जलेश्वरमा महोत्सव वा मेला लगााउने कुरा गर्दा समयको प्रतिक्षा गर्नुस् र यो एक दिन हुन्छ भनेर स्थानिय समाजसेवि गजेन्द्र गुप्ताले बताएका थिए । आज उद्योग बाणिज्य संघ महोत्तरी जलेश्वरको आयोजनामा जलेश्वर नगरपालिका र मटीहानी नगरपालिकाको सँयुक्त सहयोगमा आयोजना आश्विन १४ देखि १९ गतेसम्म हुन लागेको जलेश्वर महोत्सव यस भेगको लागि अद्वितीय तथा आकर्षक कार्यक्रम हुने पक्का देखिन्छ । यस्ता कार्यक्रमहरु पहिला देखि नै भएको भए यस क्षेत्रलाई अझै पर्यटकीय देखि अन्य विभिन्न क्षेत्रबाट परिचय गराउन सक्नुको साथै स्थानिय विकासमा समेत टेवा पुग्ने थियो । आयोजकले यसको सफलताको लागि सञ्चार माध्यमलाई समेत प्रचारप्र्रसारको लागि मेडीया पार्टनरको रुपमा सहयोग लिन सक्नेछ । महोत्सवमा विभिन्न क्षेत्रलाई समेटीने गरी व्यवसायिक प्रतिष्ठानहरुलाई सहभागिको लागि आमन्त्रणा गर्न जरुरी छ । त्यसैगरी प्रवेश शुुल्कदेखि अन्य शुल्कहरु निर्धारण गर्दा सहुलियत दर निर्धारण गर्दा बेश हुने देखिन्छ । स्थानिय तथा वरिपरीका पालिकाबासीहरुको सहभागिता हुनु आवश्यक देखिन्छ । महोत्ववको आकर्षणको लागि साँस्कृतिक कार्यक्रम,नाटक,बच्चाहरुको लागि खेल सामाग्री,कृषि सामाग्रीहरुको प्रदर्शनी आदी समावेश गर्न सकिन्छ । यस महोत्सवमा सिमापारीका पर्यटकलाई समेत तान्नको लागि व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको देखिन्छ । यस महोत्सवले जलेश्वर लगायत यस क्षेत्रको धार्मिक ठाउँहरुका समेत कायापलट हुने अधिक सम्भावना रहेको देखिन्छ ।