आरक्षण हटाउनु संविधानको मर्म विपरित ः मधेशी आयोगका अध्यक्ष डा. दत्त – Jaleshwortoday

आरक्षण हटाउनु संविधानको मर्म विपरित ः मधेशी आयोगका अध्यक्ष डा. दत्त

 १७ भाद्र २०७९, शुक्रबार ००:३८  
pp

मधेशी आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले आरक्षणको ग्यारेन्टी नेपालको संविधानले नै गरेको र यसलाई कुनै किसिमले हटाउनु संविधानको मर्म विपरित हुने बताउनुभएका छन् ्र मधेशी आयोगमा आयोजित ूआरक्षण सम्बन्धी सरोकारवाला नागरिक समाजका अगुवाहरु संग को अन्तरसंवाद कार्यक्रमू मा बोल्दै अध्यक्ष डा।दत्तले संविधानको पालना गर्नु हामी सबैको साझा कर्तव्य रहेको र संविधानमा उल्लेखित आरक्षण सम्बन्धी को व्यवस्थाले विभिन्न समुदायका व्यक्तिहरुलाई देशको राजनीतिक एवं प्रशासनिक मुलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई हटाउनुको कुनै औचित्य नरहेको समेत बताउनुभएका छन् ्र

सो अन्तरसंवाद कार्यक्रममा अगुवाहरुलेआरक्षणको सिद्धान्तको विपरीत केहि अध्ययन प्रतिवेदन प्रकाशितभएको जानकारी गराउदैसो प्रतिवेदनमा केही अवधि पश्चात् खारेज गर्नुपर्ने सिफारिस भएको समेत जानकारी गराएका छन् ।

यस प्रकारका सिफारिसहरु प्रथमतः मधेशीकै अंकित भावनामाथि वज्रपात गर्नेछन् भनि भावना सरोकारवाला नागरिक समाजका अगुवाहरुको रहेक थियो । कार्यक्रममा नागरिक समाजका अगुवाहरुले आरक्षणलाई यथावत राख्न मधेशी आयोगलाई नेतृत्वकारी भूमिका खेल्न आग्रह गरेका छन् ्र सो आग्रह प्रति आफु र आयोग पूर्ण सकारात्मक समेत रहेको बताउनुभएका छन् ्र