जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ भाद्र
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा एल.के.जी.मा अध्ययनरत शभ्य कर्णलाई कार्यक्रमको प्रमुख अतिथि बनाई बाल सम्मान गर्दै बाल दिवस मनाएको छ ।
प्र्रत्येक बच्चा पुथ्वीको तारा सच्चा भन्ने नाराको साथ स्थापित ज्ञान गंगा ई. पब्लिक स्कुुलले कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कर्ण,विद्यालयको
प्रधानाध्यापक उप—प्रा. पवन कुमार साह,उपप्रधानाध्यापक सोनी साह,वरिष्ठ शिक्षक सरोज झा,विवेकानन्द झा लगायत उपस्थित शिक्षक,,शिक्षिका तथा
अभिभावकहरुको उपस्थितिमा रिवन काटी कार्यक्रमको संचालन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कर्णलाई विद्यालयको प्र.अ. साहले टीका लगाई
खाँदाले सम्मान गरिएको थियो । कार्यक्रममा साना नानीहरुले राष्ट्रिय गान,जयराम यादवले शुभकामना मन्तब्य,विभिन्न कक्षा विद्यार्थीहरुले सामुहिक
नृत्य,विभिन्न पेन्टिङग,हातले बनाइएको भवन,गीत लगायतका सामाग्रीहरु प्रस्तुत गरेका थिए । राइम्स र ड्रईङग प्रतिस्पर्धामा कक्षा पिजीदेखि युकेजीबाट
प्रथम हुने छात्रछात्राहरुलाई प्रशंसा प्रमाणपत्र तथा साना कक्षाका विद्यार्थीहरुलाई कापी वितरण प्र.अ.साहले गरेका थिए । कार्यक्रममा उद्घोषण सरोज झाले
गर्नुभएको थियो ।