डेंगु नियन्त्रणको लागि कीटनाशक औषधी छर्क – Jaleshwortoday

डेंगु नियन्त्रणको लागि कीटनाशक औषधी छर्क

 ३१ भाद्र २०७९, शुक्रबार ०२:०७  
Jaleshwor Today Editorial

नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ । जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । माथिकोे विवरणको आधारमा डेंगुको कारण अवस्था डरलाग्दो हुन गईरहेको छ । यसकारण प्रत्येक प्रदेशको स्थानिय निकायहरुका गाउँ, घर तथा टोलमा डेंगुु मार्ने कीटनाशक औषधी छर्कनु पर्ने अवस्था रहेको देखिन्छ । यसबाट डेंगुको संक्रमण नियन्त्रण गर्न सकिन्छ ।