बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा – Jaleshwortoday

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

 ६ आश्विन २०७९, बिहीबार २२:५१  
uu

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ६ आश्विन

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् । प्रशिक्षक हुमागाईले सुनिल बल चोटका कारण टिममा नपरेको बताएका छन् । हुमागाईले तयार पारेको टोलीमा अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा कप्तानी गरेका नवयुग श्रेष्ठ परेका छन्न ।ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । अल्मुताइरीले बन्द प्रशिक्षणबाट हटाएका खेलाडीहरु भने परेका छन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली टोली : 
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी