
नेपालीहरुको महान चाडको रुपमा स्थापित विजया दशमीको आज पहिलो दिन घट्स्थापनाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं । दशै करिव १० दिने मनाइने परम्परा छ । यस पर्वलाई सम्पूर्ण नेपालीहरु जहाँ भए पनि आफ्नो घर फर्कने वा बाहिर नै विशेष पुजाआजा गरी, विभिन्न रंगीचंंगी पोशाकहरु लगाई तथा विभिन्न परिकारहरु खाई यो पर्व मनाउने गर्दछन् । घट्स्थापनाको दिन हिन्दु परम्परा अनुसार देवी दुर्गाको प्रतिमा स्थापित गरी कलश मुनी धान छर्की जमरा उमार्न राख्ने चलन छ । सोही धानको वीउ वा जमरालाई दशमीको दिन टाउको वा कानको छेउमा माताको आशिर्वादकोरुपमा पुुरोहीतबाट लगाउने चलन पनि छ । घट््स्थापनादेखि नै घर—घरमा देवी दुुर्गा,रामायण लगायतका धर्मग्रन्थहरु दशमी भरी पढने तथा देवीको विशेष आराधना गर्ने गरिन्छ । सप्तमीको दिनलाई फुलपातिको रुपमा मनाइने गरिन्छ भने अष्टमीको दिन देवीलाई खसी,बोका आदिको बलि चढाइन्छ । तर बलि प्रथालाई प्रतिस्थापन गरी मिष्ठान लगायत अन्य परिकार चढाउनुपर्ने आवाज आइरहेको छ ।