नेपालीहरुको महान चाडको रुपमा स्थापित विजया दशमीको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पुजाआजा गरिदै छ । त्यसै क्रममा महोत्तरीको जलेश्वरमा पहिलो पटक जलेश्वर महोत्सवको आयोजना आश्विन १४ देखि आश्विन १९ सम्म हुने भएको छ । योे दिन विजया दशमी पर्वसँग समेत मेल खाने भएकोले महोत्तरी जिल्लाबासी लगायत छेउछाउका जिल्ला भएका जनसमुदायले समेत महोेत्सवमा सहभागि भई महोत्सवलाई सफल बनाउन सहयोग गर्न आवश्यक रहेको देखिन्छ । जलेश्वर महोत्सवमा स्थानिय उत्पादनदेखि अन्य प्रदर्शनीहरुमा प्र्राथमिकता दिन आवश्यक रहेको देखिन्छ । महोत्सवमा स्टलदेखि अन्य कुराहरुको व्यवस्थापन बैज्ञानिक किसिमले हुन आवश्यक देखिन्छ । महोत्सवमा स्वयंसेवक,सुरक्षा निकाय,स्वास्थ्य कैम्प,खोयापाया विभाग,पेय जल तथा अन्य सरोकारबालाहरुको उपस्थिति तथा सहयोगको खाँचो रहने देखिन्छ । यसमा खास गरि महोत्सव व्यवस्थापन समितिको सक्रियताले नै सफलता दिलाउने छ ।