जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ असोज
महोत्तरीको जलेश्वर लगायत छेउछाउका शक्तिपिठहरु बेहुली झै सजाइएको छ । राजदेवी मन्दिरसहित जलेश्वरका अन्य शक्तिपिठहरु दुल्ही झैँ सिँगारिएको छ । दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रुपमा रहेको राजदेवी मन्दिरसहित संंसारीमाई लगायतका शक्तिपिठहरुलाई सजाइएको हो । दसैँको पहिलो दिनदेखि सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनको भिड लागेको हो । त्यसैगरी मटिहानी,पिपरा, महोत्तरी,लोहारपट्टीएकडारा, मनरासिस्््वा,सोनमा, सम्सी,रामगोपालपुर, औरही,भंगहा,गौशाला,बर्दिबास पालिकाहरुका स्थानिय तथा बाहिरी श्रद्धालुहरुको घुईचो देखिन्छ । शक्तिपिठहरु खचाखच भरिएका देखिन्छन् ।