
बलिप्रथा परम्परागत रुपमा चलिआएको एक कुप्रथा नै हो । बलिप्रथाका कारण निर्दाेष जनावरहरुका हत्या गर्ने गरिन्छ । यस प्रथाका कारण समाजमा हिंसामा बृद्धि हुने संभावना बढेको देखिन्छ । अहिले विश्व नै शाकाहारी तर्फ आकर्षित भएको र शाकाहार नै स्वस्थ आहार भएको कारण बलिप्रथालाई रोक्न आवश्यक छ । बलिप्रथाका कारण हाम्रो जनजिवन समेत खर्चिलो तथा तामसी भएको कारण यसको विकल्पको खोजि गरी प्रतिस्थापन बस्तुको प्रयोग गर्न अहिलेको आवश्यकता रहेको देखिन्छ । सबै प्राणी माथि हाम्रो दया तथा कृपा हुन आवश्यक छ । दशैंको समयमा देशैभरी माता दुर्गालाई समेत अष्टमीको दिन विभिन्न भाकल अनुुसार जनावरको बलि चढाउने पुरानो परम्परा रहेको छ । केहि घण्टामै हामी लाखौं जनावरको बलि चढाउँछौं । के माताले जनावरको बलि चढाए पछि मात्रै खुशी हुने वा नहुने कहि कुनै ग्रन्थमा लेखेकी छिन् ? पक्कै पनि होइन । त्यसकारण बलिप्रथाको विकल्पको रुपमा मिष्ठान वा अन्य कोसेली चढाऔं ।