महोत्तरी क्षेत्र नं. ३ मा राजनीतिक दलहरुसँगको अन्तरक्रिया समपन्न, भोलि क्षेत्र नं. १ र ४ मा राजनितिक दलहरुसँग अन्तरक्रिया हुने – Jaleshwortoday

महोत्तरी क्षेत्र नं. ३ मा राजनीतिक दलहरुसँगको अन्तरक्रिया समपन्न, भोलि क्षेत्र नं. १ र ४ मा राजनितिक दलहरुसँग अन्तरक्रिया हुने

 २१ आश्विन २०७९, शुक्रबार २१:२८  
dd

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ असोज

आज महोत्तरीको जलेश्वरमा निर्वाचन कार्यालय जलेश्वरको आयोजनामा जिल्ला समन्वय समितिको कार्यालयको बैठक कक्षमा क्षेत्र नं. ३ का राजनीतिक दलहरुसँगको अन्तरक्रिया समपन्न भएको छ ।
कार्यक्रममा अध्यक्षता मुख्य निर्वाचन अधिकृत हेम बहादुर सेन,प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, अतिथिमा एसपि कृष्ण पहाडी,अन्य क्षेत्रका निर्वाचन अधिकृतहरु,राजनीतिक दलहरु,सुरक्षा निकाय तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य महोत्तरी क्षेत्र नं.—२ बलवाको निर्वाचन अधिकृत अरुण कुमार झाले राख्नु भएको थियो । वहाँले कार्यक्रममा सबैलाई स्वागत गर्दै मंसिर ४ गते हुने चुनावमा सहयोग गर्न सबै सरोकारबालाहरुसँग आग्रह गर्नुभयो । कार्यक्रममा चुनावसँग सम्बन्धीत विभिन्न आचारसंहिता तथा जानकारीको बारेमा जानकारी गराइएको थियो भने राजनीतिक दलहरु तथा पत्रकारहरुको प्रश्नहरुको जवाफ मुख्य निर्वाचन अधिकृत सेनले दिनुभएको थियो । त्यसैगरी एसपी पहाडीले समेत भडकिलो प्रचारप्रसारमा खर्च नगर्न तथा सहयोग गर्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नु भएका थिए । साथै वहाँले यस पटकको चुनावमा १५ सय नेपाल प्रहरी तथा २८ सय म्यादी प्रहरी गरी ४३ सय प्रहरी महोत्तरी जिल्लामा परिचालन गरिने बताउनुभयो । आवश्यक परेको खण्डमा धान्धली रोक्न हवाई फायर,अश्रु ग्याँस छोडिने वा थप प्रहरी परिचालन गरिने समेत थप्नुभयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी पहाडीले समेत सबै जनाले आचारसंहिताको शत प्रतिशत लागु गर्न आवश्यक रहेको बताउनुभयो । यसमा सबै जनाको उल्लेख्य भुमिका रहने बताउनुभयो । राजनीतिक दलहरु तथा अन्य सरोकारबालाहरुसँग सहयोग र सहकार्य गर्न तत्पर रहने बताउनुभयो । अन्तमा कार्यक्रमको समापन अध्यक्ष सेनले गर्नुभएको थियो भने सबै राजनैतिक दलहरुले निर्वाचनमा सघाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

भोलि क्षेत्र नं. १ र ४ मा राजनितिक दलहरुसँग अन्तरक्रिया हुने

भोलि शनिवार निर्वाचन क्षेत्र नं. १ को बर्दिंबास नगरपालिकामा ७ ः ३० बजे बिहान र क्षेत्र नं. ४ रामगोपालपुरको महेन्द्र मा.वि.मा ११ बजे बिहान देखि सर्वदलिय अन्तरक्रिया कार्यक्रम संचालन हुने निर्वाचन कार्यालय बर्दिबास र रामगोपालपुरले फोनबाट जानकारी गराएका छन् । साथै सो समय र स्थानमा उपस्थित भई दिन सबै राजनैतिक दलहरुसँग आग्रह समेत गरेका छन् ।महोत्तरी निर्वाचन क्षेत्र नं.२ को निर्वाचन कार्यालय बलवा नगरपालिकामा रहेको छ ।