महोत्तरी क्षेत्र नम्बर ३ बाट नेसपाले प्रतिनिधि र प्रदेश सभामा गराए उम्मेदवारी दर्ता – Jaleshwortoday

महोत्तरी क्षेत्र नम्बर ३ बाट नेसपाले प्रतिनिधि र प्रदेश सभामा गराए उम्मेदवारी दर्ता

 २३ आश्विन २०७९, आईतवार २२:२९  
ss

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २३ अशोज
नेपाल सद्भावना पार्टीले महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि र प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा सदस्य पदमा एकडारा गाउँपालिका वडा २ को ओम प्रकाश यादब र प्रदेश सभा सदस्य पदमा क्षेत्र नम्बर ३(ख) बाट जलेश्वर वडा २ बाट डा.रविन्द्र कुमार चौधरीले उम्मेदवारी दर्ता गराएको महोत्तरी जिल्ला अध्यक्ष पवन कुमार साहले जानकारि गराउनुभयो । निज उम्मेदवारहरुले मधेसको पुरानो र शुद्ध रूपमा सदियौदेखि मधेस र मधेसीको लागि लडने मधेसको एक मात्र पार्टी नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिन पाएकोमा ज्यादै गौर्वान्चित महशुस भएको बताए ।
यसै पार्टीबाट जलेश्वर नगरपालिका वडा ४(सुगा) स्थायी घर भएको तथा १० औं वर्षदेखि जलेश्वर टुडे दैनिकको प्रकाशक भई समाज सेवामा तल्लीन उप-प्रा.पवन कुमार साह र जलेश्वर नगरपालिका २ बाट बिभा चौधरीले क्षेत्र नम्बर ३(ख) समानुपातिकबाट उम्मेदवारी दिएका छन् ।