
जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ असोज
मधेस प्रदेशको राजधानी जनकपुरधामको एयरपोर्ट रोडमा संचालित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आज एउटा कार्यक्रम वीच दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्र्रकाशित गरेका छन् ।
कक्षा पिजीदेखि कक्षा आठसम्म संचालित यस विद्यालयले सबै कक्षाहरुको परीक्षाफल विद्यार्थी,अभिभावक र शिक्षकहरुको वीचमा प्रकाशित गरेका छन् ।
प्रत्येक कक्षामा क्रमशः प्रथम,द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई टीका लगाई क्रमशः गोल्ड,शिल्भर र ब्रोन्ज मेडल शिक्षक तथा अभिभाकको हाथबाट प्रदान
गरिएको विद्यालयको प्र्रधानाध्यापक उप—प्रा.पवन कुमार साहले बताउनुभयो । विद्यालयमै उत्कृष्ट गर्ने कक्षा १ को विद्यार्थी पुष्कर ठाकृरलाई विशेष किसिमको
गोल्ड मेडलले पुरस्कृत गरिएको थियो । विद्यार्थीहरु आ—आफनो मिहिनेत
अनुसार पुरस्कार पाएर खुशी तथा प्रफुल्लित देखिएका थिए । राम्रो स्थान ल्याउन नसकेका विद्यार्थीहरुलाई अझै मिहिनेत तथा राम्रो तयारी गर्न विद्यालयको
उपप्र्रधानाध्यापक सोनी साहले सल्लाह दिनुभएको थियो । परीक्षाफल प्रकाशन
कार्यक्रमको संचालन तथा उद्घोषण वरिष्ठ शिक्षक सरोज कुमार झाले गर्नुभएको
थियो भने विविध सहयोग वरिष्ठ शिक्षक विवेकानन्द झा, शिक्षिका निलम
पाण्डेय,काजल यादव,रागनी ठाकुर,देवकाली यादव,रोजी कर्ण,बन्धन
मण्डल,विद्या कर्ण,शिक्षक प्रदिप दास,अजय साह,का.स.रिना ठाकुर र गिता शर्माले गरेका थिए ।