नेपालबाट घरेलु कामदार लैजान कतारको दबाब, कामदार नलैजानेसम्मको चेतावनी - Jaleshwortoday

Vegas roulette payout

  1. Cash Back Casinos New Zealand: Keep the following tips in mind when you enter your next online tourney and your chances of becoming one of the best poker players in the world or pokies Grand Master will surely improve.
  2. Boo Casino Bonus Codes 2025 - Nothing really beats 120 free spins or a similar bonus, where you can try your favorite pokies for free.
  3. Free Slot Apps: Naturally, Bitcoin is the fastest way to get paid while other methods can take up to 10 business days.

Online blackjack make money

Best Online Casinos To Play Australia
Early and absentee voting is already underway.
Best Online Casino That Accepts Pay By Phone Deposits
Moreover, you can largely benefit from ongoing deals designed to boost your bankroll with ease.
This Casino has an online version for betting through the site and online, and people can have bets for a variety of sports in this Casino and win prizes.

When can you split and double in blackjack

Slot Gates Of Valhalla By Pragmatic Play Demo Free Play
The same identical symbols can appear on multiple reels and result in a winning combination.
Best Uk Casino List
All three of the players cards are dealt face down.
Slot Bonus Online

नेपालबाट घरेलु कामदार लैजान कतारको दबाब, कामदार नलैजानेसम्मको चेतावनी

 २८ आश्विन २०७९, शुक्रबार २१:४७  
pp

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २८ असोज

कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्न नेपाललाई दबाब दिएको छ । आफ्नो देशमा घरेलु कामदारको अभाव चर्किएपछि कतारले नेपालबाट घरेलु कामदार लैजाने खोजेको थियो । तर, नेपालमा २०७३ सालदेखि नै घरेलु कामदार पठाउन प्रतिबन्ध छ । कतारले विभिन्न प्रलोभन देखाउनेदेखि लिएर कामदार रोक्नेसम्मको धम्की नेपाललाई दिएको हो । कतारमा अहिले साढे ३ लाख भन्दा बढी जना घरेलु कामदारको माग छ । त्यो माग परिपूर्ति गर्न कतारले म्यानमार, फिलिपिन्स लगायतका देशबाट कामदार लगिरहेको छ । कतारमा अन्य क्षेत्रमा कामदार पठाइरहेको नेपाललाई घरेलु क्षेत्रमा पनि कामदार पठाउन आग्रह गर्दै आएको हो । यसका लागि कतारले विभिन्न अफरदेखि धम्कीसमेत दिने गरेको छ ।जनवरी २०२१ मा नेपाल र कतारको संयुक्त कमिटीको बैठक बसेको थियो । जसमा कतारले घरेलु कामदार पठाउन आग्रह गरेको थियो । त्यसपछिको भेटघाटको क्रममा पनि कतारले घरेलु कामदारको विषय पटक-पटक उठान गर्दै आएको थियो । कतारले नेपाललाई घरेलु कामदार पठाउन र त्यसका लागि जे जस्तो सर्त अघि सारेपनि मान्न तयार रहेको धारणा राख्दै आएको छ । ‘हामीलाई घरेलु कामदारको अभाव छ । तपाईंहरूले पठाइदिनुपर्‍यो । त्यसका लागि हामीले जे जस्तो काम गर्नुपर्ने हो त्यो गर्छौँ भन्ने कतारको तर्फबाट आयो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले भने । तर स्रोत भन्छ – फकाउँदा समेत नेपालले कुनै प्रतिक्रिया नदिएपछि कतारले धम्कीको भाषा प्रयोग गर्न थालेको हो । ‘कामदारको सुरक्षाको प्रत्याभूति गराउनेदेखि लिएर उनीहरूलाई सीप दिने समेत हामी गर्छौँ भन्नुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘आग्रह गर्दा नभएपछि उहाँहरूले नेपालबाट अन्य क्षेत्रका कामदारलाई रोक लगाउनेसम्मको कुरा गर्नुभयो । सुरुमा फकाउनुभयो, पछि गइरहेका कामदारमाथि असर पर्न सक्छ भन्ने कुरा आयो ।’ कतारमा हाल साढे ४ लाख भन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । हरेक वर्ष २० देखि ३० हजारको सङ्ख्यामा कामदार कतार गइरहेका छन् । कतारलाई नेपालीले प्रमुख श्रम गन्तव्यका रूपमा लिने गरेका छन् । पटक पटकको अनुरोधलाई नेपालले बेवास्ता गर्दै आएपछि कतारले घरेलु कामदारको लागि आवेदन नै आह्वान गरेको छ । कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गरेर नेपालबाट महिला र पुरुषलाई आवेदन दिन आह्वान गरेको छ । यस विषयमा श्रम मन्त्रालयले खासै चासो दिएको छैन । मन्त्रालयका सहायक प्रवक्ता डा. भुसालले यो उनीहरूको आन्तरिक विषय भएको बताए । नेपालबाट महिला जान पाउँदैनन् । त्यो कतार भिसा सेन्टर (क्यूभिसी) अन्तर्गत सबै देशका लागि हो । जति पनि देशमा भिसा सेन्टर खोलेका छन् ति सबै देशका लागि भनेर हो,’ उनले भने, ‘नेपालले महिलालाई पठाउने गरेको छैन, त्यसमा पुरुषहरू जान सक्ने भए । पुरुषले जान सक्नेछन् । महिलाले जान पाउँदैनन् ।’ घरेलु कामदार सरोकार समाजका अध्यक्ष किसन प्रधानले सरकार उदासीन हुँदा कतार आफैँ बाध्य भएको बताए । ‘हामीले तिमीहरूका त्यत्रो कामदार लिइरहेका छौँ । हामीलाई घरेलु कामदारको अभाव छ । पठाइदिनुर्‍यो भनिरहेको लामो समय भयो । त्यसका लागि हामीले के–के सहयोग गर्नुपर्छ सहयोग गर्छौ भनेका छन् । तर, सरकार मौन बसेको छ । जसले गर्दा कतार आफैँ अग्रसर भएको हो,’ उनले भने ।  प्रतिबन्धपछि पनि कतार लगायतका देशमा लाखौँ नेपालीहरू घरेलु कामदारको रूपमा कार्यरत रहेको उनको भनाई छ । ‘एउटा मान्छे पनि कतारमा नछिरेको भए ल ठिकै थियो, तर, १० औँ हजार मानिसहरू अहिले पनि घरेलु कामदारको रूपमा काम गरिरहेका छन् । त्यही भएर लिगल्ली नै पठाउनुपर्‍यो भनेर कतारले दबाब दिइरहेको होला । सरकार खोल्न तयार नभएपछि बाध्य भएर आफैँ खोल्नतिर लाग्यो,’ अध्यक्ष प्रधानले भने ।  सरकारले घरेलु कामदार पठाउने विषयमा अध्ययन गरिरहेको छ । मन्त्रालयका सहसचिव राजीव पोखरेलेको संयोजकत्वको समितिले अध्ययन गरिरहेको सहायक प्रवक्ता डा. भुसालले बताए । चौतर्फी दबाब तथा अनुरोध आए पनि सरकारले त्यो देशमा घरेलु कामदार पठाउँदा सुरक्षित हुन्छ कि हुँदैन भनेर हेर्ने हो । सरकारले गरेका विभिन्न अध्ययन र प्रमाणहरूले अझै पनि घरेलु कामदार पठाउन सुरक्षित नरहेको उनको भनाई छ । ‘दूतावासबाट पनि त्यो देशबारे जानकारी लिइरहेका छौँ । ८० प्रतिशतभन्दा निकायबाट सुरक्षित छैन भन्ने आइरहेको छ । अहिले हामीले पठाउने निर्णय गर्‍यौँ भने भोलि अर्को समस्या आउन सक्छ ।’ सहायक प्रवक्ता डा. भुसालले भने । घरेलु कामदार चौबिसै घण्टा एउटा बाउण्ड्रीभित्र काम गर्नुपर्ने भएकाले बढी जोखिम हुने उनको भनाई छ । त्यसमा फेरि सेवा सुविधा पनि त्यति धेरै आकर्षक नरहेको उनको भनाई छ । ‘हामीले सोचेजस्तो सेवा सुविधा छैन । त्यति पैसा अरू काममा गए पनि कमाउँछन् । त्यही भएर हामीले घरेलु कामदारको रूपमा पठाउनुपर्छ नै भन्ने मलाई लाग्दैन,’ भुसालले भने । अहिले खोल्नुपर्छ भनेर वकालत गर्दै आएका संघ संस्थाहरूको दोहोरो चरित्र देखिने गरेको उनको भनाई छ । ‘वकालत गर्ने संस्थाहरूले पनि पठाउन खोज्दा सरकारले बेचबिखन गर्न खोज्यो भन्छन् । नपठाएर रोक्दा पनि अवैध बाटोबाट बेचबिखन बढ्यो भन्ने कुरा गर्नुहुन्छ । एउटै व्यक्तिले दोहोरो कुरा गर्छन्,’ उनले भने । कतारमा अरू देशहरूले पनि घरेलु कामदार पठाइरहेका छन् । म्यानमार, फिलिपिन्स लगायतका देशबाट पनि कतारमा घरेलु कामदार गइरहेका छन् । अरू देशले कसरी पठाइरहेका छन्, त्यो कुरामा पनि अध्ययन गर्नुपर्ने उनको भनाई छ । यसका लागि श्रम मन्त्रालयले मात्र नभएर सरोकारवाला सबै निकायको निर्णयको आधारमा अगाडि बढ्नुपर्ने बताए । ‘नखोल्दासम्म खोल्नुपर्छ भन्ने दबाब दिन्छन् । खोल्यो भने तपाईंहरूलाई अरू क्षेत्र थिएन, जहाँ बढी समस्या छ त्यही खोल्नुहुन्छ भनेर भन्छन् । भोलि सरकारले उहाँहरूले नै औँला ठड्याउनुहुन्छ ।’ उनले भने । कतारमा घरेलु कामदार पठाउने विषयमा मन्त्रालय सकारात्मक रहेको र त्यसलाई पाइलट प्रोजेक्टको आधारमा अगाडि बढाइने बताए । ‘अब कामदार पठाउने नै हो भने पाइलटिङ गरेर पठाउनुपर्छ । पहिलो चरणमा थोरैको सङ्ख्यामा पढाएर त्यहाँबाट कस्तो खालको रेस्पोन्स आउँछ अनि त्यही आधारमा अगाडि बढ्दा राम्रो हुन्छ,’ उनले भने । २०० जना पठाउँदा एक जना पनि पीडित भयो भने त्यो ठुलो कुरा हुने उनको भनाई छ । ‘१/२ जना परिहाल्छ नि भन्ने हुँदैन । हाम्रो लागि त एउटा ज्यान पनि ठुलो ज्यान हो नि,’ उनले भने । श्रम मन्त्रालयले कतार सरकारले घरेलु कामदारको लागि आवेदन आह्वान गरे पनि कानुन विपरीत कुनै पनि काम गर्न नसकिने प्रस्ट पारेको छ । सरकारले आफ्नो तर्फबाट काम गरिरहेको भन्दै सोही आधारमा मात्र अगाडि बढिने सहायक प्रवक्ता भुसालको भनाई छ ।