जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ कार्तिक
दशैको सातौं दिन शुक्रबार महोत्तरीका मुख्य राजदेवी मन्दिर लगायतका शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ भने एका बिहानैदेखि लामो लाम लागेर प्रसाद चढाउनेको भिडभाड देखिएको छ ।महोत्तरीका जलेश्वर,मटिहानी,पिपरा,एकडारा ,मनरा, गौशाला,रामगोेपालपुर,औरही लगायतका शक्तिपीठहरुमा आज फूलपाती भित्राइएको छ भने प्रसाद चढाउने सहितको लामो लाम देखिएको हो । जलेश्वरको मुख्य शक्तिपीठ राजेदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामी सहित निकालेको डोला जलेश्वरको नगर परिक्रमा गरेर बेलको फल टिपेर फूलपाती भित्र्याइएको बताइएको छ । जलेश्वरको राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनहरुको समूहले शक्तिपीठ भन्दा नजिक रहेको बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको थियो ।