नेसपाको केन्द्रीय अध्यक्ष महतोले शहिदहरु माथि फुलमाला अर्पण गरी विभिन्न पालिकाहरुमा मतदाता जागरण तथा भण्डाफोर कार्यक्रमको आयोजना गरे – Jaleshwortoday

नेसपाको केन्द्रीय अध्यक्ष महतोले शहिदहरु माथि फुलमाला अर्पण गरी विभिन्न पालिकाहरुमा मतदाता जागरण तथा भण्डाफोर कार्यक्रमको आयोजना गरे

 ४ कार्तिक २०७९, शुक्रबार ००:०९  
kk

जलेश्वरटुडे समाचारदाता
सिरहा, ३ कार्तिक

May be an image of 4 people, people sitting and outdoors

आज  सिरहाको लहान नगरपालिकाको शहिद चौकमा रहेको रमेश महतो लगायत विभिन्न शहिदहरुको शालिकमाथि फुलमाला लगाई नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राम कुमार महतो,उपाध्यक्ष श्रीवति भेडिहर,महासचिव नागेन्द्र

May be an image of 4 people, people standing and outdoors

सिंह,प्रवक्ता पवन कुमार साह,जिल्ला अध्यक्ष जिवछ प्रसाद यादव र नेता पप्पु यादव सम्मान गरेका थिए भने त्यही बाट विशेष कार्यक्रम मतदाता जागरण तथा भण्डाफोर कार्यक्रमको सिरहा जिल्लामा शुरुवात गरिएको के.अध्यक्ष रामकुमार महतोले बताउनुभयो ।सिरहा जिल्लाको लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका

May be an image of 10 people, people sitting, people standing, motorcycle, tree and outdoors

अन्तर्गतका विभिन्न गाउँ, टोल तथा चौकहरुमा मतदाता जागरण तथा भण्डाफोर अभियान अन्तर्गत मतदाता संग प्रत्यक्ष भेटघाट गरिएको छ । सो कार्यक्रममा स्थानिय जनता,पत्रकार तथा प्रहरीको सहभागिता रहेको थियो ।

May be an image of 3 people