
हिन्दुहरुको महान आस्था तथा धनधान्यकी देवी माता लक्ष्मी पुजनोत्सव वा तिहारको अवसरमा सम्पूण हिन्दु धमाबलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । प्रत्येक वर्ष झै यस वर्ष पनि हिन्दु धर्माबलम्बीहरुले आ—आफ्ना घरलाई सरसफाई गरी विभिन्न रंगीचंगी रंगले लिपपोत गरी बेहुली झै सजाउने गर्दछन् । यतिबेला जनकपुरधाम उपमहानगरपालिकाको जनकपुरधाममा व्यवसायीहरु तथा स्थानियहरुले आफ्ना प्रतिष्ठा तथा घरको अगाडी केराको बोट गाडी त्यसमाथि दिप बाली रंगीचंगी झिलमिल बल्ने बति बालेर शहरलाई नै लक्ष्मीको सुस्वागतमको लागि सजाइएको बुझिएको छ । हुन त हरेक हिन्दु धर्माबलम्बीले आ—आफ्नो तरिकाले माता लक्ष्मीलाई खुशी पार्न साजसज्जामा ध्यान दिएका हुन्छन् । माता लक्ष्मीलाई सरसफाई तथा रंगीचंगी मन पराउने भएकोले श्रद्धालुहरुले त्यसै हिसाबले घरलाई सजाउने गर्दछन् । लक्ष्मी पुजा मनाउनुको पछाडी अर्काे कारण के छ भने त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम राबणलाई बद्ध गरी असत्यमाथि सत्यको विजयको खुशीयालीमा अयोध्याबासीले त्यतिबेला भगवान राम,माता सिता र लक्ष्मणलाई स्वागत गर्न सम्पूर्ण अयोध्यालाई झिलिमिली बती तथा दीप बाली सजाएकोले त्यही समयदेखि सम्पूर्ण हिन्दु धर्माबलम्बीहरुले यस दिनलाई दीपाबली,लक्ष्मीपुजा,फेस्टीबल अफ लाइट भनेर मनाउने गर्दछन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव सफलतापूर्वक समपन्न होस् तथा केन्द्र तथा प्रदेशलाई नेतृत्व गर्ने असल तथा निष्ठाबान उम्मेदबारहरुको जनताद्वारा चयन होस् भनी कामना गर्दै माता लक्ष्मीको असीम कृपा तथा आशिर्वाद सबैलाई प्र्राप्त होस् भनी कामना गर्दछौं ।