![tt](https://www.jaleshwortoday.com/wp-content/uploads/2022/10/tt.jpg)
जलेश्वरटुडे समाचारदाता
धनुषा, ६ कार्तिक
महालक्ष्मी पुजाको पूर्व धनतेरसको दिन सुन तथा चाँदीको बिक्रिमा बृद्धि भएको बुझिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको कारोबार मूल्य नबढेको जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको ९३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।