
आज जनकपुरधाम उप—महानगरपालिकाको शहिद द्वारमा रहेको मधेस आन्दोलनको वीर शहिद स्व.संजय चौधरी लगायत वीर शहिदहरुको प्रतिमामा
फुलमाला अर्पण गरि पुर्वनिर्धारित कार्यक्रम अनुसार धनुषा जिल्लाभरि मतदाता जागरण तथा भण्डाफोर अभियान सुरु गरिएको छ । धनुषा जिल्ला क्षेत्र नं. २
अन्तर्गतका बिदेह नगरपालिका., औरही गाउँपालिका, शहिदनगर नगरपालिका, हँसपुर नगरपालिका, सबैला नगरपालिकाको विभिन्न गाउँ, टोल तथा चौकहरुमा
मतदाता जागरण तथा भण्डाफोर अभियान अन्तर्गत मतदाता संग प्रत्यक्ष भेटघाट गरिएको थियो । सो क्रममा विभिन्न ठाउँका मतदाताहरुले मधेसको
पुरानो पार्टी तथा बेदाग पार्टीको रुपमा नेपाल सद्भावना पार्टी नै अहिलेको बिकल्प रहेकोले हामी त यस पार्टीको पंजा छापमा भोट दिन्छौ नै तर बाँकी मधेस
जनसमुदायहरुले समेत यस पार्टीलाई बचाउन तथा मधेसीहरुकोे बाँकी अधिकार प्र्राप्तिको लागि आठ वटै जिल्लाबाट समानुपातिक लगायत प्र्रत्यक्षमा मत दिन आवश्यक रहेको अपिल गरेका थिए ।यसरी सो कार्यक्रममा पार्टीको केन्द्रीय
अध्यक्ष राम कुमार महतो,महासचिव नागेन्द्र सिंह,प्रवक्ता पवन कुमार साह,उपाध्यक्ष डा. मिश्रि मण्डल,केन्द्रीय सदस्य मुरारी लाल कर्ण,राज कुमार चौधरी, आशिष गुुप्ता लगायत दर्जनौ नेसपाका नेताहरुको उपस्थिति रहेको थियो ।