महोत्तरीमा हिन्दु—मुस्लिम बीच भएको झडपको सत्य तथ्य छानबिन गर्न अध्यक्ष दत्तको निर्देशन – Jaleshwortoday

महोत्तरीमा हिन्दु—मुस्लिम बीच भएको झडपको सत्य तथ्य छानबिन गर्न अध्यक्ष दत्तको निर्देशन

 ११ कार्तिक २०७९, शुक्रबार २३:४८  
pp

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ कार्तिक

महोत्तरीको भंगहा—८ पडरियामा हिन्दु र मुस्लिम समुदाय बीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडियोलाई निर्देशन दिएका छन् । अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडियो संग घटनाको बारेमा बिस्तृत जानकारी लिदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका छन् । अध्यक्ष डा.दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसंग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिएका छन् । बिहिबार भाइटिकाको दिन पडरिया बाट हिन्दु सम्राट सेनाले श्री राम को नारा लगाउदै र्याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरुले ढुंगामुडा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । अध्यक्ष डा.दत्तले संयमित भएर एक—आपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।