जलेश्वरटुुडे समाचारदाता
धनुषा, ७ कार्तिक
जनकपुरको बीच सडकमै एकजनाको लास फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका– १३ पीडारीदेखि कुर्था जाने बाटोमा हिलाम्य सडकमा एकजना पुरुषको लास फेला परेको प्रहरीले जनाएको छ । तर उक्त लास महिला वा पुरुष कसको रहेको पहिचान हुन सकेको छैन् । मृतकको शरिरमा कपडा समेत देखिएको छैनन् । वडा प्रहरी कार्यालय मुजेलिया र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोली अहिले घटनास्थल पुगेर मुचुल्का उठाउने क्रम जारी राखेको छ । हिलोबाट बाहिर ल्याएर शवलाई पहिचान गर्ने प्रक्रिया गरी पोष्टमार्टमको लागि अस्पताल पुरयाईने बताईएको छ ।