इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट सम्मानित हुने राष्ट्रसेवक कर्मचारी – Jaleshwortoday

इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट सम्मानित हुने राष्ट्रसेवक कर्मचारी

 १९ कार्तिक २०७९, शनिबार ००:५८  
oo

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १८ कार्तिक

१. कल्पना अधिकारी, इन्जिनियर, सडक विभाग, काठमाण्डौ
परिवारमा आमा, दाई र भाउजु नै सरकारी सेवामा भएता पनि कल्पना अधिकारीलाई शुरुमा निजामती सेवाप्रति खासै रुची थिएन ।उनलाई सरकारी सेवाभन्दा उद्यमी बन्न मन थियो । तर, परिवारकै दबावमा उनले २०६८ सालमा सरकारी सेवामा प्रवेश गरिन् ।उनको बुझाईमासरकारी सेवामा कुनै सिर्जनात्मकता हुँदैन, अवसर हुँदैन र सेवाग्राहीले पनि राम्रो दृष्टिकोणले हेर्दैनन् भन्ने थियो ।सरकारी सेवामा काम गर्दै जाँदा उनी रमाउनथालिन् । इन्जिनियरिङ पढेको भएर उनलाई, डिजाइन गर्नमा बढी रुची थियो । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासनिक कामबाटसरकारी सेवाको शुरुवात गरिन् । तर, प्रशासनिक काम उनकोे रुचिको विषय थिएन । उनका लागि त्यो नौलो अनुभव थियो । सेवाकालको एक वर्षपछी काठमाण्डौ उपत्यका सडक विस्तार परियोजनामा सरुवा भयो । त्यसपछि भने उनले आफुले चाहेको काम गर्ने अवसर पाईन् । यसले उनलाई सरकारी सेवा प्रति उत्साहित बनायो ।

२०६९ सालमा काठमाडौं उपत्यकाको सडक सुधार हुँदा उनले त्यस परियोजनामा इन्जिनियरको रुपमा काम गरिन् । सडक विस्तार योजना अनुसार सार्वजनिक जग्गामा बनेकाघरहरू भत्काउनुपर्ने थियो ।तर, घरभत्काउने काम त्यति सजिलो थिएन । गौशाला, पुरानो बानेश्वर, नयाँबानेश्वर, कृष्णपाउरोटी–जयनेपाल रोड, माईतिघर–भद्रकाली रोड, एनके सिंह मार्ग उनको जिम्मामा थियो । उक्त क्षेत्रमा पर्ने सरकारी जग्गामा घरबनाएर बस्नेहरूले बिरोधका कार्यक्रमहरू गरिरहेका थिए । त्यस ठाउँमा निर्माण भएका संरचना भत्काउन खटिएका कर्मचारीप्रति स्थानीयहरू आक्रामक बनेका थिए । कल्पना परियोजना कार्यन्वयनको अग्रपंक्तिमा थिईन् । कतिले त व्यक्तिगत धम्कीपनि दिए ।उनले पाएको जिम्मेवारीलाई अवसरको रूपमा लिइन् । आक्रोशित स्थानीयलाई शान्त पार्न परामर्श सँगै यथार्थपरक विकासको नमुना प्रस्तुत गर्ने आश्वासन् दिईन् ।

उनले जिम्मेवारी पाएको क्षेत्रमा काम गर्ने कर्मचारी सबै महिला मात्र थिए । त्यसले गर्दा पनि स्थानीयहरूलाई उनको काम प्रति विश्वास थिएन । धेरैलाई त समयमै काम सकिन्छ भन्नेमै शंका थियो । तर, उनले नेतृत्व गरेको समुहले तोकिएको समयभन्दा अगाडी नै जिम्मेवारी पुरा ग¥यो । त्यस लगत्तै २०७० सालमा महालेखा परीक्षकको कार्यालयले परियोजनाको सामाजिक परिक्षण ग¥यो । त्यही क्रममाउसले परियोजना वरिपरिका स्थानीयहरूसँग छलफल गरेको थियो ।परियोजना शुरु हुनुभन्दा पहिले बिरोध गर्नेहरूले पनि त्यसबेला परियोजना कार्यान्वयन टिमको खुलेर प्रशंसा गरेका थिए ।

२०७२ सालमा उनि दाङ सरुवा भएर गइन् । उनी त्यहाँ गएको केही समय मात्र भएको थियोे । दशैंको बेला सबै प्राविधिक टीम छुट्टिमा थिए ।घोराही, मुक्तिनाथ जाने सडकको जलजलामा ठेकेदारले सडक कालोपत्रे गरिरहेको थियो ।अलकत्रा तताउने ठाउँ टाढा थियो । जसलेगर्दा कालोपत्रे गरेको ठाउँको अलकत्रा हातले सजिलै उप्काउन सकिन्थ्यो । यो सबै देखिसकेपछि उनले गुणस्तर भएन, फेरी काम गर्नु भनेर ठेकेदारलाई पत्र काटेरपठाईन । तर, ठेकेदारले पत्रको वास्ता नगरी काम सक्यो ।स्थानीयले सडककम गुणस्तरको भएका थाह पाएपछिचर्को बिरोध गरे । अधिकारीले स्थानीयलाई मापदण्ड अनुसार सडकको गुणस्तर नबनाउदा सम्म ठेकेदारलाई भुक्तानी नगर्ने आश्वासन दिईन । सोही अनुसार ठेकेदार कम्पनीले पुनः काम गरेर गुणस्तर सुनिश्चित ग¥यो ।आक्रोशित स्थानीय शान्त भए ।

कालीगण्डकी करिडोर सडक आयोजना अन्तरगत कार्यवाहक परियोजना प्रबन्धक भएर पाल्पामा जाँदा धेरै ठेक्काहरू८÷९ वर्ष देखिअधुरा थिए । ति मध्ये एउटा मन्द्राङको भीरको बाटो पनि हो । यो ५०० मिटरको ठुलो भीर निकै अप्ठेरो ठाउँमा छ । यहाँ सडक निर्माणका लागि ब्लास्ट गर्न पनि कठिन छ । विशेषज्ञ नहुदाँ यस्तो जोखिमयुक्त ठाउँमा काम अगाडी बढ्न सकेको थिएन ।स्थानीयहरूले बाटोको लागि आफ्नो जग्गा दिए, तर आठ वर्षसम्म पनि सडक बन्ने कुरा त परको कुरा, पानीको मुहान सुकेर कुलो बन्द भयो ।खेतिपाती गर्न गाह्रो भएपछि उनिहरू वैदेशिक रोजगारीमा जान बाध्य भए । कल्पना अधिकारी त्यहाँ गईसकेपछि अवस्थाको अध्ययन गरिन् ।योजना परिमार्जन गरेर कामलाई अगाडी बढाईन् । तलबाट नै भित्ताहरू उठाएर कामको थालनी भयो ।

पर्बतको लमया खोलामाथिको पुल बनाउने भनेको वर्षौं भएको थियो तर, भौगोलिक जटिलताका कारण जिम्मेवार व्यक्तिले जोखिम लिन नसक्दा योजना अलपत्र थियो । एकले अर्कालाई दोष दिने काम मात्र भईरहेको थियो । अधिकारीले त्यहाँको जिम्मेवारी पईसकेपछी त्यो योजनालाई अगाडी बढाउन सहकर्मीहरूसँग छलफल गरिन् । तर, काममा जोखिम नलिने भनेर सहकर्मीहरू पनि पछी हटे ।उनले आफैले स्थलगत निरक्षण गरिन । आवश्यकताको मुल्यांकन गरिन् । पर्बतको कुर्घा देखि फलेबास जोड्ने पुलले स्थानीयको दैनिक सहज बनाउने मात्र नभएर त्यहाँको स्थानीय उत्पादनले पनि बजार पाउने कुरालाई उनले महत्वका साथ् हेरिन् । यस योजनालाई जसरी पनि अगाडी बढाउन विभागका महानिर्देशक अर्जुन जङ्ग थापालाई पनि स्थलगत निरक्षणमा लिएर गईन् । प्राविधिक विशेषज्ञसँग परामर्श लिएपश्चात पुलको नयाँ डिजाईन तयार गरिन् । उनको परिमार्जित योजना विभागले स्वीकृत गरेर अहिले पुल निर्माणको काम अगाडी बढिसकेको छ ।

कल्पना जहाँजहाँ गईन, त्यहाँत्यहाँ रोकिएका कामले निरन्तरता पाए । जुन काम असम्भव भनिएका थिए, सबै सम्भव भए । राज्यको सम्पत्ती दुरुपयोग हुनबाट जोगियो । सेवाग्राहीले विकाससँगै सरकार प्रतिको विश्वास पाए ।

२. मोहन कृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौ
मोहन कृष्ण महर्जनले २०५५ सालमा खाद्य अनुसन्धान अधिकृतको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट सरकारी सेवामा प्रवेश गरे । सेवा शुरु गरेको २४ वर्ष देखी हाल सम्म पनि उनी सोही विभागमा कार्यरत छन् । हाल वरिष्ठ खाद्य अनुसन्धान अधिकृतको रुपमा कार्यरत उनी विभागका सबै भन्दा पुराना र अनुभवी कर्मचारी पनि हुन् । उनी अनुभवी त छन् नै, तर सेवाग्रही कार्यालयमा आईसकेपछि खालिहात नफर्कियोस भन्नेकुरालाई सधै प्राथमिकतामा राखेका हुन्छन् । यसेवाग्राही पनि मोहन कृष्ण कार्यालयमा छन् भने काम नभएर फर्किनु पर्दैन भन्नेमा ढुक्क हुन्छन् ।

विभागले तय गर्ने नीति निर्माण होस् वा मन्त्रालयले गर्ने नीति निर्माण, मोहनकृष्ण महर्जनको सल्लाह सुझाव महत्वका साथ् लिने गरिन्छ । लामो समय विभागमा हाँसिल गरेको अनुभव, विषयगत दक्षता, सृजनात्मक पृष्ठपोषण दिन सक्ने क्षमताका कारण उनी त्यस्ता प्रकृयामा कहिले पनि छुट्दैनन् । उनकै सहकर्मी सन्तोष दाहालका अनुसार उनको जस्तो नेत्तृत्व क्षमता सरकारी कर्मचारीमा बिरलै पाइन्छ । काममा गुणस्तरीयता कसरी सुनिश्चित गर्ने र सेवाग्राहिलाई कसरि खुसि राख्ने भन्नेमा उनले बढी ध्यान दिन्छन् । उनको निकै सरल,सबैलाई समेटेर काम गर्ने, कहिले नाइँ नभन्ने स्वभाव छ ।त्यसैले पनि कार्यालयमा उनको सहयोग नखोज्ने कर्मचारी कमै होलान् ।

नेपाल सरकारले खाद्य सुरक्षाका लागि थुप्रै नितिगत व्यवस्था ल्यायो । त्यस मध्ये, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन लागि परेको “गोठ देखि ओठ सम्म“ अभियान बढी प्रभाकारी देखियो । कुनै पनि खाद्य वस्तु अर्गानिक हो कि होईन भनेर छुट्याउने बिधि न्ब्ए हो । भारत र बंगलादेश लगायत अन्य देशहरूमा यो अवधारणा लागु भईसकेको थियो । नेपालमा लागु गर्न विभागको तर्फ मोहन कृष्ण महार्जनाले अग्रसरता देखाए । यस बिधि अन्तर्गत कृषि उपजमा कति मात्रामा र कस्तो प्रकारको विषादी प्रयोग भएको छ ? खान योग्य छ कि छैन? परिक्षण गरेर कृषकको कृषि उपजमा लेबल टाँस गरिन्छ । हाल यो विधि मापदण्ड बनाएर प्रयोगमा पनि आईसकेको छ । विभागले देशैभरिका कृषि फार्ममा न्ब्ए प्रमाणीकरण विधि लागु गर्ने लक्ष राखेको छ । तर, शुरुवाती चरण रहेकोले हाल सम्म कृषि विकास बहूद्देश्यिय संस्था लिमिटेड, टिकाथली, मैत्री मंगलम अर्गानिक फार्म प्राइभेट लिमिटेड, रामकोट र बिषेश सदाबहार कृषि फार्म प्राइभेट लिमिटेड, रामकोटमा यो प्रविधि लागु भएको छ ।

अहिले मोहन कृष्ण महर्जन विभागको प्रवक्ता पनि हुन् । सकेसम्म उनले विभागले गर्ने कामहरू पारदर्शी हुन् र सबैले थाहा पाउन भनेर पहिले वर्षमा एक पटक हुने पत्रकार सम्मेलन अहिले नियमित चौमासिक रुपमा गर्ने गरेकाछन् ।सो अवधिमा विभागले चौमासिक प्रगतिको विवरण सार्वजनिक गर्ने गरेको छ । पत्रकार सम्मेलनमा विभागले प्रस्तुतीकरण गर्ने र पछी सरोकारवालासँगको अन्तरक्रियामा सवाल जवाफ हुने भएकोले सरोकारवालाहरू सुसूचित हुन पाएकाछन् ।यस अभ्यासबाट विभागको परदार्शितामाथि उठ्ने प्रश्नहरू कम भएका छन् ।

३. राजेश साह जयसवाल, प्रहरी हवल्दार, जिल्ला प्रहरी कार्यालय, सर्लाही
राजेशले सानै हुँदा आमा गुमाए । उनका बुबाले दुख गरेर उनी र उनका दाईलाई हुर्काए । उनले बुबाको दुख पनि देखे र आफुले पनि दुःख भोगे । द्वन्दकालमा एकातिर सुरक्षाकर्मी र माओबादी बिचको द्वन्दको त्रास हुन्थ्यो भने, अर्को तर्फ तराईमा सीमा पारिबाट आउने लुटेराहरुले दुःख दिने गर्दथे । युवाहरू रातभरी चोकचोकमा अनिँदै बस्ति कुरेर बस्दथे । त्यही समयमा प्रहरी आउँदा उनीहरूमा क्षणिक भए पनि आशा र भरोसा पलाएर आउंथ्यो । त्यो घटनाले पनि उनलाई प्रहरी सेवामा आउन प्रेरित ग¥यो ।

उनि करिव ६ वर्ष देखि उनी जिल्ला प्रहरी कार्यालय, सर्लाही अन्तर्गत प्रादेशिक अस्पताल, सर्लाहीमा कार्यरत छन् । उनको जिम्मेवारी भनेको अस्पतालमा आएका केसहरूको विवरण राख्ने र सम्बन्धित निकाएमा खबर गर्ने हो । तर, उनि भने तोकिएको जिम्मेवारीसँगै मानवीयतालाई पनि महत्व दिने गर्दछन । कोहि असहाय व्यक्ति सेवा लिन आयो भने उसलाई सहयोग गर्नु आफ्नो दायित्व ठान्दछन । यस्ता थुप्रै व्यक्तिको उनले आफ्नै पहलमा उद्दार गरेका छन । मलंगवामा एकजना बोल्न नसक्ने बेवारिसे व्यक्तिको दुर्घटना भयो । जैसवालले उनलाई अस्पताल लगे । आफन्त कोहि नभएकोले उनको अस्पताल परिसरमै बस्ने खाने व्यवस्था गरिदिए । ६ महिना पछि आफन्त पत्ता लगाए । त्यसपछि जैसवालले नै उक्त व्यक्तिलाई रौतहट घर सम्म जाने व्यवस्था मिलाईदिए ।

कोभिडको सुरुवाती अवस्थामा कर्मचारीहरू बिरामी नजिक जान डराउँथे । शुरुमा पञ्जा, मास्क, पी.पी.ई. सबै सामाग्रीको अभाव थियो । राष्ट्रसेवक नै पछाडी हट्यो भने जनता पनि डराउँछन् भनेर उनी अगाडी सर्दथे । चिकित्सकपनि पछी हटेको अवस्था थियो । उनी आफै बिरामीको नजिक गएर समस्या बुझ्दथे । कसैको मृत्यु भयो भने पोष्टमार्टम गर्ने ठाउँमा शव लैजान उनले नै सहयोग गरिदिन्थे । अस्पतालमा पोस्टमार्टम गर्ने व्यवस्थित स्थल थिएन । एउटा मात्र कोठा थियो र त्यहाँ फ्रिज पनि थिएन ।बेवारिसे लास आयो भने त कति दिन सम्म राखिन्थ्यो र निकै गन्हाएर सहिनसक्नु हुन्थ्यो ।बेला बेलामा उनले नै मट्टीतेल छर्केर गन्ध हटाउने गर्दथे । त्यो कुरा उनले वडा कार्यालय र अस्पतालका प्रमुखसँग राखे । उनले भने बमोजिम त्यो ठाउँअहिले व्यवस्थित भएको छ ।

अस्पतालमा प्रहरी बस्नको लागि एउटा सानो टिनको छाप्रो मात्र थियो, जहाँ एउटा सानो खाट बाहेक केहि अट्दैनथ्यो । सोही ठाउँलाई उनले आफैले व्यवस्थित गरेर कार्यालयको रुप दिएकाछन् ।अहिले सेवाग्राही आउँदा पनि उनलाई सम्पर्क गर्न सजिलो भएको छ ।

प्रहरी भन्ने बितिकै कतिजना डराउँछन् तर, उनि भने नरम बोल्ने, जनता संग अन्तरक्रिया गर्ने, सालिन स्वभाब भएको व्यक्तिव भएकोले सबैले उनीसंग आफ्ना कुरा सजिलै राख्न सक्छन । त्यसैले उनकै स्वभावका कारण अहिले स्थानीयको प्रहरी प्रतिको दृष्टिकोण नै फेरिएको छ ।

४. रोशनी देवी कार्की, उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डौ
रोशनी देवी कार्की हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखामा, शाखा प्रमुखको रुपमा काम गरिरहेकीछिन् । उनी सानै देखी विभेदको विरुद्धमा खुलेर विद्रोह गर्दथिन् । उनी १० वर्षकि मात्र थिईन । दशैँमा ब्राह्मणले टिका लगाईदिंदा बुवा र भाईलाई भन्ने मन्त्र र उनलाई भन्ने मन्त्र फरक हुँदा, उनले “मलाई किन फरक मन्त्र भनेको ? मलाई पनि एउटै मन्त्र भन्नु” भनेर जिद्दि गरिन् । सानो उमेरकी बालिकाले अडान लिएपछि ब्राह्मण पनि बाध्य भएर उनलाई टिका लगाउँदा बुबा र भाईलाई भनेको मन्त्र भन्न बाध्य भए । ठुलो भएपछी उनलाई समाजमा हुने विभेद बिरुद्ध लड्न वकिल बन्ने लक्ष थियो, तर त्यतिबेला पढाई आफुले सोचे जस्तो नभएपछी कानून विषय पढ्न पाईनन् । जसरी पनि सामाजिक न्यायका लागि आवाज उठाउने उत्कट चाहना भएकै कारण २०६३ सालमा निजामती सेवामा प्रवेश गरिन् ।

भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गतको नगर विकाश समितिमा जागिर शुरु गरेको १५ दिन पछी कार्यालयमा एउटा बैठक बसेको थियो । त्यस बैठकको माइन्युट लेख्ने जिम्मा उनलाई दिईएको थियो । बैठक भत्ता बापत सहभागीले रु. ७०० पाउने प्रावधान थियो । बैठक सकिएको अर्को दिन अघिल्लो दिन बैठकमा सहभागी नभएका कार्यालयकै कानूनी सल्लाहकारले सहभागिता देखाएर भत्ता लिने उद्देश्यले माइन्युटमा हस्ताक्षर गर्न रजिस्टर मागे । तर, उनले सोझै नकारिन् । यसरी सरकारी सेवामा पनि उनले बेथिति विरुद्ध आवाज उठाउन शुरु गरिन् ।

उनी राष्ट्रिय योजना आयोगमा हुँदा युवा तथा खेलकुद मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय हेर्ने जिम्मेवारीमा थिईन् । खाडी मुलुकमा महिला श्रमिक भएको ठाउँमा महिला हिंसाको कुरा बाहिर आईरहेको थियो । यसलाई सम्बोधन गर्न त्यस्ता मुलुकमा महिला श्रम सहचारी पठाउने भनेर मन्त्रालयमा कुरा उठिरहेको थियो । त्यो सम्बन्धी निर्णयको फाईल उनीकहाँ आईसकेपछि उनले कुनै आधारबिना सबै ठाउँमा महिला सहचारी पठाउनुभन्दा महिला धेरै भएको मुलुकमा महिला सहचारी पठाउदा राम्रो हुन्छ भनेर मापदण्ड बनाउन सुझाव दिइन् ।सोहि सुझावको आधारमा मन्त्रालयले मापदण्ड तयार गरी कार्यान्वयन ग¥यो ।

प्रायजसो कभर्ड हलहरूमा महिला खेलाडीका लागि लुगा फेर्ने ठाउँ र छुट्टै शौचालयको व्यवस्था नभएको गुनाशो आईरहन्थ्यो । जसले गर्दा महिनावारीको समयमा प्याड परिवर्तन गर्न पनि असहज हुन्थ्यो । उनले मन्त्रालयसँगको बैठकमा पटक–पटक यो विषयलाई जोड दिने गरेकी थिइन् । यसलाई युवा तथा खेलकुद मन्त्रालयले पनि गम्भीरताका साथ् लिएको थियो । त्यसको सुरुवात बिराटनगरमा नवनिर्मित कभर्ड हलबाट भयो । कभर्ड हल निर्माण भईसकेपछि त्यसको निरक्षण गर्न स्थानीयले उनलाई नै बोलाएका थिए ।

उनले बालविवाह, दाईजो प्रथा, सामाजिक कुरिती विरुद्ध र एकद्वार संकट व्यवस्थापन केन्द्रबाट प्राप्त गर्न सकिने सेवा सम्बन्धित विषयमा सन्देशहरू नेपाली, मैथिली, भोजपुरी र स्थानीय भाषामा आफैले लेखेर त्यसलाई रेकर्ड गरेर उक्त सामग्रीलाई प्रसारणको लागि विभिन्न संचारहरुसंग समन्वय गरि प्रसारण गरेकिछिन् । यसको लागि मन्त्रालयको कुनै खर्च गर्नु परेको छैन । अहिले सम्म उनले आफ्नै प्रयासमा ५० भन्दा बढी चेतनामुलक सामाग्रीहरू रेकर्ड गरेर प्रशारण पनि गरिसकेकि छिन् ।

विगत १वर्षदेखि उनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखामा कार्यरत छिन् । बालिका, किशोरी र महिलाहरू बढी लैंगिक हिंसामा पर्ने हुँदा लैगिक हिंसा निवारणमा संघीय मन्त्रालयका सरोकारवाला मन्त्रालय तथा निकायबीच प्रत्येक २÷२ महिनामा बैठक बस्ने र समस्या समाधानका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना तथा संचालन निर्देशिका, २०७७ मा भएको व्यवस्थानुसार तोकिएको मन्त्रालय तथा निकायको भूमिका तथा जिम्मेवारी पत्रमार्फत जानकारी गराउदै व्यवस्थापन गर्न आग्रह गर्दै उनले पत्रचार गरिन । उनले लैगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धमा स्वास्थ्य सेवाबाट कोही नछुटुन् भनेर ज्येष्ठ नागरिक स्वास्थ्यउपचार सम्बन्धी रणनीति, मापदण्ड आदि तयार गरेकीछिन् ।

 

५. सुजन कुमारी बर्देवा, शाखा अधिकृत, सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बु
आफ्नो जन्मस्थान तेर्हथुम जिल्ला प्रशासन कार्यालयमा नागरिता बनाउन जाँदा त्यहाँ आफुले कल्पना गरेको भन्दा कम उमेरको प्रमुख जिल्ला अधिकारी देख्दा आफु पनि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लागेपछि उनलाई पनि सरकारी सेवामा प्रवेश गर्ने रहर लाग्यो । लोकसेवा आयोगको परिक्षा दिंदा दुई पटकसम्म उनि असफल भईन, तर ईच्छा गरेको क्षेत्र भएकोले तेस्रो प्रयासमा उनि सफल भईन । विशेष गरेर दलित समुदायका महिलाहरू राज्यको माथिल्लो निकायमा नभएको बेला, माथि पुगेर परिवर्तनको बाहक बन्ने सपना उनको अझै छ ।

उनको पहिलो पदस्थापन अध्यागमन अधिकारीका रुपमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको थियो । त्यहाँ उनले आफ्नो जिम्मेवारी त कुशलताका साथ् पुरा गरिन नै, विदेशबाट दुख पाएर आएका र अलपत्र परेका महिलाहरूलाई विशेष ध्यान दिइन् । बेचबिखनमा परेका, मानसिक सन्तुलन गुमाएका महिलाहरू बिमानस्थलमै अलपत्र परेका हुन्थे । प्रायलाई उनले आवश्यक परामर्श तथा आर्थिक जोहो गरेर घरसम्म पुग्ने व्यवस्था गरिदिन्थिन् । अप्ठ्रोमा परेका कोही व्यक्ति आयो भने अरु कर्मचारीले पनि उनलाई भेटाइदिन्थे । झापाको बन्दना बिश्वकर्मा (नाम परिवर्तन) लाई लामो समयसम्म मलेसियामा काम गर्दा मानसिक आघात भएको थियो ।सोहि क्रममा उनि विदेशमा काम गरिरहेको घरको चौथो तलाबाट खसिन् । मालिकले अब यसले काम गर्न सक्दैन भनेर नेपाल फर्कईदियो । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र बन्दनालाई सुजनले नै परिवारको जिम्मा लगाउने सबै बन्दोबस्त गरिदिईन् । अहिले पनि परिवारका सदस्यले सुजनलाई फोनबाट धन्यबाद भन्न छोडेका छैनन् ।

उनल् अहिले काम गर्ने कार्यालयको नाम सीमा प्रशासन कार्यालय, नाम्चे हो, तर सिमा नाका बन्द भएको कारणले उक्त सिमा प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालयले गर्ने काम गरिरहेको छ । सो इलाका प्रशासन कार्यालयले उनि जानु भन्दा अगाडी नागरिकता वितरण र पासपोर्ट सिफारिसहरू हातले लेखेर दिने गरेको थियो । जसले गर्दा काम ढिलो हुने र तथ्यांकको अभिलेख पनि हुदैनथ्यो । उनि त्यहाँ गईसकेपछी सेवाग्राहीलाई सहज र सरल सेवा प्रवाह गर्न र कार्यालयको अभिलेखीकरण चुस्त बनाउन नागरिकता र पासपोर्ट अनलाईनबाट नै प्रिन्ट गरेर दिन थालियो ।नाम्चेमा प्राय कर्मचारी आउन नै मान्दैनन । आएकाहरूपनि समय कसरि काट्ने भन्ने सोचका हुन्छन् । धेरै कर्मचारीलाई त स्थानीयले चिन्दा पनि चिन्दैनन् । उनि भने गएदेखी दिनरात खटिएर काम गरिरहेकिछिन् । कोरोनाले गर्दा दुई वर्ष जति खुम्बु बजार ठप्प जस्तै भयो । त्यो बिचमा थुप्रै म्याद गुज्रेका सामान बजारमा छन् भन्ने गुनाशो थियो । सुजनले इलाका प्रशासन कार्यालयसँगै अन्य कार्यालयका प्रमुखलाई पनि राखेर खुम्बु बजारमा पहिलो पटक बजार अनुगमन गरिन् । अनुगमनसँगै सचेतना कार्यक्रम पनि लगेकोले क्रेता र बिक्रेता म्याद गुज्रेका सामान प्रति गम्भीर बने ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले सो क्षेत्र भित्र खट्ने उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने गरेको थियो । उनि त्यहाँ आएको जम्मा ६ महिना मात्र भएको थियो । उनले, मैले केहि गरेको छैन मुल्यांकन गर्न अझै बाँकि छ भनिन् । तर, पालिकाले तपाई कार्यालयमा बसिदनु नै ठुलो कुरा भइसक्यो भनेर सम्मान गर्यो । अहिले स्थानीय उनि त्यहाँबाट सरुवा भएर नगइदिएहुन्थ्यो भनिरहेकाछन् ।