बैंक ब्याजदर वृद्धिको विरोधमा पूर्वका उद्योगी आन्दोलित – Jaleshwortoday

बैंक ब्याजदर वृद्धिको विरोधमा पूर्वका उद्योगी आन्दोलित

 १९ कार्तिक २०७९, शनिबार २२:३५  
yy

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १९ कार्तिक

नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ ले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघको प्रदेश १ मा आबद्ध उद्योगी/व्यवसायीले बैंक ब्याजदरविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् । महासंघ, प्रदेश १ कार्यसमितिको बैठकमा भएको निर्णयअनुसार उद्योगी/व्यवसायीले ६ दिनसम्म चरणबद्ध आन्दोलन गर्नेछन् । उनीहरूले कात्तिक २२ देखि २८ गतेसम्मका ६ दिन आन्दोलनमा उत्रने पूर्वका उद्योगीले बताएका छन् ।महासंघको प्रदेश १ कार्यसमितिले गरेको निर्णयअनुसार प्रदेशभरका ३७ वटै जिल्लाका उद्योगी/व्यवसायी आन्दोलनमा सहभागी हुनेछन् । आन्दोलनमा एसोसिएट र नगरका उद्योगीहरूको समेत सहभागिता रहने कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए । यसअघि तिहारअघि नै आन्दोलनको तयारी गरेका उद्योगी/व्यवसायी गभर्नरको अनुरोधमा रोकिएका थिए । तर, गभर्नरले दिएको समय सीमा सकिएपछि सडक आन्दोलनमै उत्रने तयारी पूर्वका उद्योगीले गरेका हुन् । यसअघि, हिजो शुक्रबार काठमाडौँको माइतीघरमा उद्योग वाणिज्य महासंघकै नेतृत्वमा आन्दोलन भएको थियो । यस्तै, सुर्खेत उद्योग वाणिज्य संघले समेत असोजको अन्त्यमा बैंकको ब्याजदरविरुद्ध आन्दोलन गरेको थियो ।