जलेश्वर टुडे दैनिक पत्रिकाले १० औं वार्षिकोत्सव मनाए – Jaleshwortoday

जलेश्वर टुडे दैनिक पत्रिकाले १० औं वार्षिकोत्सव मनाए

 २२ कार्तिक २०७९, मंगलवार ००:०२  
Logo

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ कार्तिक

जलेश्वर टुडे दैनिक पत्रिकाले आज एउटा कार्यक्रम वीच १० औ वार्षिकोत्सव मनाएका छन् ।
सो पत्रिकाको प्रकाशक पवन कुमार साहले सो कार्यक्रमको अध्यक्षता गर्दै मंसिर ४ गते हुने चुनावमा सबै मतदाताले अनिवार्य रुपमा भाग लिई असल उम्मेदबार छान्नुपर्ने आवश्यकता रहेको बताए । वहाँले अहिलेसम्मको यात्रामा सहयोग गर्ने सम्पूर्ण पाठक,विज्ञापनदाता,पत्रकार,कर्मचारी तथा शुभेच्छुकहरुमा आभार समेत प्र्रकट गर्नुभयो । भाई—बहिनीको स्नेहको प्रतिकको रुपमा मनाइने सामाचकेवा पर्वको अवसरमा सम्पूर्ण मधेसबासीमा शुभकामना समेत व्यक्त गर्नुभयो ।