
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ कार्तिक
महोत्तरी क्षेत्र नं.३ बाट ठूला दलका दिग्गज उम्मेदबारहरुसँग नेपाल सद्भावना पार्टीले प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदमा युवा उम्मेदबारहरुलाई लडाएर शंंखनाद गरेका छन् ।
बि.सं.२०७६ सालदेखि पुनःसक्रिय भई केन्द्रीय अध्यक्ष राम कुमार महतोको नेतृत्यमा स्थापित नेपाल सद्भावना पार्टीको तर्फबाट महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा ओम प्रकाश यादव र प्र्रदेश सभा सदस्य पदमा क्षेत्र नं.३(२) बाट डा.आर.के.चौधरी(राजेश)ले उम्मेदबारी दिएका छन् । अध्यक्ष राम कुमार महतोको नेतृत्वमा स्थानिय चुनाव—२०७९ पछि प्रतिनिधि र प्रदेश सभामा नेसपाको पहिलो पटक उम्मेदबारी हुने छ ।
महोत्तरी क्षेत्र नं. ३ को चुनावी वातावरण ज्यादै नै रोमाञ्चक तथा प्रेरक हुने देखिन्छ । किनभने नेसपाले आफ्ना युवा उम्मेदबारहरुलाई पहिलो पटक ठूला दलका दिग्गज उम्मेदबारहरु लोसपाका महन्थ ठाकुर,जसपाका हरि नारायण यादव,तमलोपाका बृषेश चन्द्र लाल र स्वतन्त्र उम्मेदबार राम आधार कापरसँग चुनावी मैदानमा उतारेका छन् ।
ठूला दलका दिग्गज उम्मेदबारहरु यस क्षेत्रबाट कैयौ पटक चुनावमा भाग लिएर जितिसकेका छन् भने नेसपाले पहिलो पटक उम्मेदबारी दिन लगाएका छन् । नेपाल सद्भावना पार्टीको संस्थापक अध्यक्ष तथा मधेसको मसिहा स्व.गजेन्द्र नारायण सिंहको एजेण्डालाई आफ्नो नयाँ पार्टीको एजेण्डा बनाएका सिंहको पुरानो चेलाहरुले आज मधेसबादलाई अन्त गर्ने करारमा ल्याईसकेको जनताको ठम्याईरहेको छ । झन् अन्य ठूला दलहरु मधेस र मधेसीको भावनालाई किचेर गठबन्धन नगरी ठगबन्धन गरेको अवस्थामा क्षेत्र नं. ३ बाट मात्रै होइन की समग्र मधेसबाट नेसपाको सम्पूूर्ण उम्मेदबारहरुलाई विजय गराई सदनमा पठाई एक पटक नेसपालाई पनि देशको निर्माणमा मौका दिनुपर्ने आवश्यकता रहेको आम जनताको जनभावना रहेको छ । २०७४ को चुनावमा आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग १८ हजार ३३६ मतान्तरले विजयी हुनुभएका ठाकुरलाई मङ्सिर ४ गते हुने चुनाव सहज नहुने देखिएका छ । यस पटक पाँच दल गठबन्धनमै रहेर चुनाव लड्नुभएका ठाकुरलाई स्वतन्त्र उम्मेदवार कापर र वाम गठबन्धनका उम्मेदवार यादवको चुनौती थपिएको हो ।