सर्लाही २ मा महिन्द्र अगाडि, राजेन्द्र पछ्याउँदै – Jaleshwortoday

सर्लाही २ मा महिन्द्र अगाडि, राजेन्द्र पछ्याउँदै

 ५ मंसिर २०७९, सोमबार २१:५०  
dd

जलेश्वरटुडे समाचारदाता
सर्लाही, ५ मंसिर

सर्लाही क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो र सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादव बीच कडा टक्कर देखिएको छ।

प्रारम्भिक मतगणनाअनुसार लोसपाका राजेन्द्र महतोले ४ सय ५ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवले ४ सय २४ प्राप्त गरेका हुन्।

एमालेका राजनारायण साहले १०८ मत ल्याएका छन्। मतगणना जारी छ।