
जलेश्वरटुुडे समाचारदाता
धनुुुषा, ८ कार्तिक
जनकपुरधामको राजदेवी मन्दिरमा शनिबारको विशेष निर्णय अनुसार बोका बलि प्रदान सुरु भएको छ ।
प्रशासनको निर्णयका कारण बोका बलि चढाउने वा कुभिण्डो भन्ने अन्योलता कायम रहेपनि महाअष्टमीका दिन आज साँझ ७ बजेबाट बोका बलि प्रदान सुरु भएको हो । बोका बलिका लागि राजदेवी मन्दिरमा चारवटा ठेहा को व्यवस्था भएको थियो ।
उक्त बलिको लागि चारवटा ठेहाको व्यवस्था महावीर युवा कमिटीले गरेको थियो । क्लबका अनुसार प्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइरहेको छ ।
राति १० बजेसम्म मात्र बलि प्रदान गर्ने आयोजक क्लबले भनेपनि बोकाको संख्या आधारमा सयम थपघट गर्ने जनाएको थियो । कोेरोना महामारीको वीच ८ हजार ९ सय ६८ बोका बलि भएको समितिले जानकारी गराए । कोरोना महामारीको कारण जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको राजदेवी मन्दिर लगायत जिल्ला भरिको मन्दिर तथा शक्तिपीठमा बोकाबलि निषेध गर्ने जनाएको थियो । बोका बलिको ठाउँमा कुभिण्डोको बिल प्रदान गर्ने निर्णय गरेको थियो ।
तर अन्त्यमा आएर प्रशासन ब्याक भएपछि सबै शक्तिपीठमा बलि प्रदान भइरहेको छ ।