
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १० मंसिर
महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा चुनाव लडेका तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालको जमानत जफत भएको छ।लालले १ हजार ८३ मत मात्र ल्याए ।महोत्तरी ३ मा ५९ हजार २३७ मत खसेकोमा ३ हजार ८३४ मत बदर भएको थियो । जमानत जोगाउन सदर मतको १० प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ। उनले १० प्रतिशत मत कटाउन सकेनन्।