
त्रेतायुगको जिउँदो ईतिहास—विवाहपञ्चमीलाई निरन्तर रुपमा जनकपुरधामबासीले कायम राख्न सफल भएको यस शुभ अवसरमा समस्त नगरबासी,श्रद्धालु भक्तजन,देश विदेशबाट पाल्नुभएका ऋषि,महर्षि तथा अतिथिहरुलाई स्वागत गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
आज जनकपुरधाम लगायत सम्पूर्ण मिथिलाञ्चल हर्षित तथा आनन्दीत भएको सहजै महसुस गर्न सकिन्छ । विभिन्न ठाउँहरु तथा मठ मन्दिरहरुमा रामजानकी मन्दिरहरुलाई बेहुली झै सजाइएको देखिन्छ भने यत्रतत्र सर्वत्र श्रद्धालु भक्तजनहरुले गल्ली,टोल तथा सडकहरु खचाखच भरिएको मनोरम दृष्य अलौकिक रहेको देखिन्छ । यस दृश्यले फेरी एक पटक त्रेता कालिन राम सीता विवाहको झझल्कोलाई स्मरण गराएको छ । वास्तवमा नेपाल—भारतको सम्बन्धलाई विगार्न जतिसुकै षडयन्त्र गरिए पनि हाम्रो विभिन्न धार्मिक पर्वहरु मध्ये विवाहपञ्चमी एक यस्तो महापर्व हो जसले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई बैबाहिक सम्बन्धको प्रतिकको रुपमा विश्वले बुझे सँगै नेपाल र नेपाली तथा भारत र भारतीय वीचको सम्बन्ध प्रगाढ बनाएको छ । राजनैतिक रुपमा नागरिकता समस्यालाई समाधान नगरिएर केहि समय नेपाल—भारतमा हुने नयाँ बैबाहिक सम्बन्धमा कमी देखिए पनि यो त्रेताकालिन सम्बन्धले कुनै पनि शक्तिले चुँडाउन नसकिने भएकोले भगवान राम र माता सीताको आशिर्वादले सबै समस्याहरु भविष्यमा समाधान हुने छ ।
एक चोटी फेरी त्रेताकालिन राजर्षि जनकको राज्य,माता सीताको जन्मभूमि तथा भगवान राम र माता सीताको विवाहभूमिमा पाल्नु भएका समस्त श्रद्धालु मानवजातिमा साधुबाद,हार्दिक अभिनन्दन गर्दै स्वागत गर्न चाहन्छौं ।