धनुुषा जिल्ला अदालतमा ऐतिहासिक मुद्दा दर्ता – Jaleshwortoday

धनुुषा जिल्ला अदालतमा ऐतिहासिक मुद्दा दर्ता

 १२ मंसिर २०७९, सोमबार २३:३२  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ मंसिर

 

No description available.

धनुषाको जनकपुरधाममा आज जिल्ला अदालतमा ऐतिहासिक मुद्दा दर्ता भएको छ ।
अहिलेसम्म चिकित्सकहरुद्वारा गरिएको लापरबाही सम्बन्धमा पहिलो पटक मुद्दा दायर भएको छ । यस मुद्दा सम्बन्धमा धेरै लामो अध्ययन तथा अदालतको कर्मचारीसँगको बुँदागत कानूनी छलफल पछि मात्र यो मुद्दा दर्ता भएको पिडीतले बताए ।

May be an image of text
२०७९ साल आषाढ १२ गते प्रादेशिक अस्पताल जनकपुरधाममा चेक जाँच नगरिकन पिडीत विभा चौधरीको पित्त थैलीको शल्यक्रिया गर्ने क्रममा चिकित्सक र प्रशासनको लापरबाहीको कारण विरामीको ज्यानै जाने गरी गरिएको अभ्यास शल्यक्रियाको कारण गर्भमा रहेको बच्चालाई जोगाउन नसके पछि काठमाडौं स्थित नेपाल मेडिसिटी हाँस्पिटलमा उपचारपछि बिरामी चौधरी बाँचेकी थिइन ।
त्यसकारण २०७९ साल मंसिर ११ गते आइतबार धनुषा जिल्ला अदालतमा क्षतिपूर्ति सहित दोषिहरुलाई हदैसम्मको दण्ड सजाय सहित कारबाही गर्न पिडीत चौधरीले मुद्दा दर्ता गराएको बताए ।

May be an image of text
यस अघि प्रदेशसभा सचिवालले गठन गरेको संसदीय छानविन टोली उनको स्वास्थ्य अवस्थासंघै घटनाका बारे बुझ्न अस्पताल पुग्दा विभाले लिखित रुपमा चेकजाँच बिनै आफ्नो शल्यक्रिया गरी मरासन्न अवस्थामा पुर्याउने प्रादेशिक अस्पताका डा। राजेश साह, डा। अमरेश कर्ण र डा। अश्विनी रञ्जन यादवलाई तत्काल निलम्बन गरी कारबाहीको माग गरेका हुन् । महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति जयनूल राईनसहितका छानबिन टोलि मंगलबार मेडिसिटी अस्पताल पुगेको थियो । उनले आफ्नो गर्भमा रहेको चार महिनाको बच्चा समेत नष्ट भएको चिकित्सक भनेको बताएकी छन् । अहिले पनि विभाको अवस्था खतरापूर्ण रहको र बोल्न समेत नसकेको उनका श्रीमान राजेश चौधरीले बताए ।
बिरामीले झण्डै चार महिना अघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैली पत्थरीको शल्यक्रिया गर्दा महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका भाडा कोठा लिएर बस्दै आएकी विभाको अवस्था गम्भीर बनेको छ । गत असार १३ गते प्रादेशिक अस्पतालमा बिनाचेक जाँचनै अप्रेसन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो । त्यसपछि असार १६ गते उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । २८ फागुन २०७८ मा नै बिरामीले अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै डा। अमरेश कर्णले बिभालाई भर्ना गरी डा। राजेश साह र डा। आश्विनी यादवले शल्यक्रिया गरेका थिए।
शल्यक्रिया पश्चात अवस्था गम्भीर भएर चेकजाँच गर्दा विभा चार महिनाको गर्भवती भएको जानकारी प्राप्त भएको थियो ।