बिहारको चुनाव र कोरोना – Jaleshwortoday

बिहारको चुनाव र कोरोना

 १० कार्तिक २०७७, सोमबार २०:०७  
editorial

जलेश्वरटुडे समाचारदाता
सम्पादकीय

भारतको बिहार राज्यमा विधान सभाको निर्वाचन तीन चरणमा हुदैछ । अहिले बिहारमा चुनावी माहौल निकै नै तातेको छ । अहिले बिहारमा प्र्रतिस्पर्धीहरुको चुनावी मुद्दाहरु फरक—फरक देखिन्छ ।

सबै पार्टिहरुले आ—आफ्ना चुुनावी प्र्रलोभन जनता अगाडी राख्दै छन् । यसैगरी भारतीय जनता पार्टिले कोरोना भ्याक्सिन यस प्रदेशमा निःशुल्क बाँड््ने प्र्र्रलोभन देखाएका छन्् ।

 

अहिले उम्मेदबारहरु बिना मास्ककै जनताको भिडमा आफ््ना प्र्रचारप्र्रसार गर्दैछन् । बिहारमा धेरै ठाउँहरुमा पिसिआर टेस्ट नभएको कारण सहि तथ्य आउन सकेको छैनन् । उम्मेदबारहरु,कार्यकर्ताहरु तथा जनता समेतले कोरोनादेखि सचेत हुनुपर्छ । केन्द्र्रिय सरकार तथा प्रधानमन्न्त्री समेतले यस सम्बन्धमा सबैलाई सचेत गराउन आवश्यक छ ।

तर अहिले भारतीय जनता पार्टिले उठाएको मुद्दा अन्य राज्यको लागि टाउकोको दुखाई बनेको छ । किनभने एक राज्यलाई कोरोना भ्याक्सिन सितैमा दिने र अन्यलाई सशुल्क दिने चुनावी प्रचारप्र्रसारले प्रधानमन्त्री स्वयंंंलाई अहिले विवादमा तानेको छ ।

यस किसिमको राज्यको साथ भएको काखापाखाको बारेमा जनता तथा विपक्षी पार्टिले कडा रुपमा विरोध गर्न थालेका छन् । तर जे होस,भाजपाले कमाएको ईज्जत तथा प्र्रतिष्ठामाथि एकाएक प्रश्न उठ्नु पनि स्वभाविक हो ।

त्यसकारण यस किसिमको चुुुनावी प्र्रचारप्र्रसार जुन कोरोनालाई निम्त्याउछ,त्यसलाई नियन्त्रण गर्न जरुरी छ।