बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने – Jaleshwortoday

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने

 २० मंसिर २०७९, मंगलवार २३:२६  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २० मंसिर

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् । विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् ।  विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । विवेक चर्चित बलिउड अभिनेता हुन् । उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।