जलेश्वरटुडे समाचारदाता
धनुषा, २० मंसिर
गुण्डा शैलिमा आशुतोष शिशु आश्रमको मान मर्यादा मर्दन गरेको बहालबाला संंस्थापकहरुलाई नेपाल प्याब्सन धनुषाले भविष्यमा आईलाग्नेमाथि प्रतिकार गर्ने तथा कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.— ७ मा अवस्थित नेपाल प्याब्सन धनुुषाको सदस्य विद्यालय आशुतोष शिशु आश्रममा २०७९ मंसिर १६ गते शुक्रबारको दिन दिउँसो ३ बजे केहि बहालबाला नीजि विद्यालयका संस्थापकहरु क्रमशःअमरेन्द्र झा,सुजित मिश्र,आशिष झा,अमन यादव,दिपेन्द्र चौधरी लगायतका ८ जनाको समुहमा आई गुण्डा शैलिमा डेस्क—बेञ्च तोड्ने, विद्यालयलाई क्षति पुर्याउने,विद्यार्थी माथि रहेको बक्यौता लेबी सहित असुली गर्ने जस्तो धम्कीपूर्ण शब्दहरु प्रयोग गरी यस आशुतोष शिशु आश्रमको मान मर्यादा मर्दन गरेको र उक्त कार्यले यस विद्यालयको पठ्नपाठ्न र विद्यार्थी तथा अभिभावकमा मानसिक पिडा परेको ठहर गरी उक्त कार्यको नेपाल प्याब्सन धनुषा परिवार घोर भत्र्सना गर्दछ । विद्यालय विद्याको मन्दिर मानिन्छ जहाँ कुनै पनि खराव तत्वको अत्याचार निषेध गरिएको हुन्छ । त्यसकारण पनि विद्यालयलाई शान्ति क्षेत्रको रुपमा समेत नेपाल सरकारबाट घोषणा गरिएको छ । यसबाट सो विद्यालयलाई पर्न गएको भौतिक तथा मानसिक क्षतिको सम्पूर्ण जिम्मा ती संस्थापकहरुले नै लिनु पर्ने र यसको क्षतिपूूर्ति पनि ती संस्थापकहरुले नै सिघ्र गर्नुपर्ने नेपाल प्याब्सन धनुषाले जोडदार माँग गरेको छ । साथै अब आइन्दा यस किसिमको कार्य भविष्यमा दोहोरिए, नेपाल प्याब्सन धनुषा कडा भन्दा कडा रुपमा प्रस्तुत भई प्रतिकार गर्ने र कानुनी उपचार समेत खोज्ने चेतावनी दिदै सम्बन्धित संस्थापकहरुलाई जानकारी गराएका छन् ।