
जलेश्वरटुडे समाचारदाता
सम्पादकीय
नेपाल लगायत अन्य हिन्दु राष्ट्रहरुमा समेत बलि प्रथाको परम्परा रहिआएको छ । प्र्रायः गरी मानवीय जनसमुदाय केही पाउने भाकल गरेर अरु पशुुपन्छीहरुरुलाई देवी देवतालाई खुशी पार्नको लागि बलि चढाउने गर्दछन् । हिन्दुुहरुका सानो पर्वदेखि ठूूला पर्वहरु जस्तो की दशैंंं लगायत अन्य बखत पनि बलि प्रदान गरिन्छ ।नेपालका गढीमाईलाई नै पाडा,पशुपन्छीहरु समेत चढाइन्छ ।
यस बलि प्रथा सम्बन्धमा नेपालमा स्थानिय सरकारदेखि केन्द्र्र्रिय सरकारले बलिप्र्रथा रोक्ने सूचना गरे पनि अहिलेसम्म असफल रहेको बुुझिएको छ । कोरोना कालमा समेत प्रशासनले बलि प्रथा सम्बन्धी यसपालि बलि प्र्रदान नगरिने पूर्व सूचना गरे पनि अन्ततः जनकपुुरधामको राजदेवीदेखि अन्य ठाउँको शक्तिपिठहरुमा बलि प्र्रदान गरिएको छ । महोत्तरी जिल्लामै प्रशासनले निषेधाज्ञा गरे पनि विभिन्न ठाउँमा ठूलोे भिडभाडका बीच मेला तथा नाचगानको समेत आयोजना गरियो र बलि समेत प्र्र्रदान गरियो । भारतमै दशहरामा मूर्ति बनाएर पुुजा नगर्न सूचना जारी गरे पनि भारतको मधुुबनी लगायत विभिन्न ठाउँमा मूर्ति पुुजादेखि मेलाको समेत आयोजना भएकोे बुझिएको छ ।
यसबाट के बुझिन्छ भने मानवीय व्यवहार र परम्परालाई एकै चोटि नियन्त्रण गर्न सकिदैन । यसको लागि मानव स्वयंले जबसम्म बलिप्र्रथालाई बहिष्कार गर्दैन तबसम्म यो नियन्त्रण नहुुुने देखिन्छ । धर्म र आस्थालार्ई प्र्र्रभाव नपर्ने गरी परिवर्तन गर्न जरुरी छ ।