धार्मिक गुरुहरु वीच लैंंङिगक हिंसा सम्बन्धि कानूनी सचेतना कार्यशाला समपन्न – Jaleshwortoday

धार्मिक गुरुहरु वीच लैंंङिगक हिंसा सम्बन्धि कानूनी सचेतना कार्यशाला समपन्न

 २४ मंसिर २०७९, शनिबार २०:२८  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ मंसिर

May be an image of 9 people, table and indoor
जनकपुरधामको बसपार्क नजिकको सिताशरण होटलको सभा हलमा शनिवार धार्मिक गुरुहरु वीच लैङिगक हिंसा सम्बन्धी कानूनी सचेतना कार्यशाला समपन्न भएको छ ।

 

May be an image of 3 people, people standing, people sitting and indoor

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०७९ अन्तर्गत वल्र्ड भिजनको सहयोगमा राष्ट्रिय अन्तरधार्मिक सञ्जाल(निरन)ले विभिन्न धर्मका धर्म गुरुहरु, अन्य सहभागिहरु तथा महोत्तरी जिल्ला निरनका सदस्यहरुलाई तालिम दिएको

May be an image of 8 people and people standing

थियो । विभिन्न धर्मगुरुहरुको धार्मिक प्रार्थनाबाट कार्यक्रमको शुरुवात गरिएको थियो भने स्वागत मन्तब्य निरनको महोत्तरी जिल्ला अध्यक्ष हरि नारायण झाले राख्नु भएको थियोे । कार्यक्रमको शुरुमा सहभागिहरुको परिचय पछि प्रशिक्षिका

May be an image of 3 people, people sitting and indoor

बन्दना झा राईले हिंसाको परिचय,यसको प्रकार,यसको कारण,प्रभाव,यसको समाधानको लागि धर्म गुरुहरुको भूभिका सम्बन्धमा क्रियाकलाप विधिबाट

May be an image of 13 people, people standing and people sitting

सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । सहभागिहरु तथा धर्मगुरुहरुले समेत समाजको कुरिति तथा त्यसको समाधानको लागि आफ्नो विचारहरु राख्नु भएको थियो । त्यसैगरी प्रशिक्षिका रोजिलिन कुमारी सिंह(ओरेक)ले विभिन्न

May be an image of 4 people, people standing and indoor

हिंसा विरुद्धको कानूनी प्रावधान तथा विभिन्न कसूर सम्बन्धी कानूनी कारबाही सम्बन्धमा जानकारी गराउनु भएको थियो । खुुल्ला सत्रको संचालन निरन मधेस

May be an image of 4 people, people sitting, people standing and indoor

प्रदेशको अधिकृत आशिष चौधरीले गर्नुभएको थियो भने कार्यक्रममा सहजिकरण गजाल्लाह मिकरानीले गर्नु भएको थियो । अन्त्यमा सहभागिहरुबाट कार्यक्रम

May be an image of 3 people, people standing and people sitting

सम्बन्धी पृष्ठपोषण लिइएको थियो भने भावि कार्ययोजना समेत सहभागिहरुले बनाएर बुझाएका थिए । सम्पूर्ण कार्यक्रमको अवलोकन वल्र्ड भिजनको प्रतिनिधि

May be an image of 6 people, people sitting and people standing

तेजेन्द्र बुढामगरले गर्नुभएको थियो । अन्त्यमा कार्यक्रमको समापन प्रशिक्षिका बन्दना झा राईले गर्नु भएको थियो ।

May be an image of 14 people, people standing and people sitting

May be an image of 6 people, people standing and people sitting

May be an image of 4 people and people standing

May be an image of 5 people, people standing and outdoors