जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३ पौंष
रुपन्देहीका सहायक सिडिओको हस्तारक्षर किर्ते गरेको आरोपमा महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् । महोत्तरी प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरी रुपन्देही पठाएका छन् ।महन्थ दासले सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोप छ । रुपन्देहीका सहायक प्रमुख सिडिओको हस्ताक्षर किर्ते गरेर रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा भिकेका महामहन्त दासलाई पक्राउ गरेर रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृृष्ण पंगेनीले जानकारी दिए ।