जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ८ पौष
बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो । श्रीलंकाले नेपाललाई २६–२४, २५–१८ र २५–१७ ले पराजित गरेको छ । यससँगै नेपालको उपाधिको सम्भावना सकिएको छ । यसअघि नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो । अब नेपालले शनिबार लिग चरणको आफ्नो अन्तिम खेल किर्गिस्तानसँग खेल्ने छ ।