
सम्पादकीय
जनकपुरधाम उपमहानगरपालिकाले आश्विन १९ गते नै सूुचना जारी गर्दै कक्षा ६ देखि १२ सम्म प्र्रत्यक्ष रुपमा पढाईलेखाइ संचालन गर्ने अनुमति दिए । तर कक्षा १ देखि ५ सम्मको कक्षा टोलटोलमा वा सिकाई केन्द्र्रमा १५।१५ जना बच्चाहरु राखेर पढाई गर्न गराउन सूूचनामा उल्लेख छ । यस सूचनाले एकातिर प्र्रत्यक्ष रुपमा विद्यालय संचालन गर्ने जानकारी दिएको विश्लेषण गर्न सकिन्छ । त्यस्ता १ देखि ५ सम्मका कक्षाहरु संंचालन भए की भएन भनेर पालिकाले अनुगमन पनि गरेको छैन । किनभने प्र्रायजसो कक्षा ५ सम्मको विद्यालयहरु बन्द नै छन्् । किनभने पालिकाको अस्पष्ट निर्देशनको कारण कतिले कुरा नै बुुझेका छैनन् भने कतिले बुुझे पनि स्रोत साधनको अभाव र झंझटिलो प्र्रक्रियाको कारण विद्यालय संचालन गर्न पाएका छैनन्् । अर्थात कक्षा ५ सम्मको विद्यार्थीहरु पढाईलेखाईबाट बञ्चित छन््् जुन राम्रो होइन । यस सम्बन्धमा पालिकाले अहिलेसम्म केहि पनि बैकल्पिक व्यवस्था गर्न सकेका छैनन् । साना विद्यालयका सँचालकहरुका अवस्था दयनिय रहेका छन्् । कतिले भाडाको घर छोडिसकेका छन्् भने कति कसरी भाँडा तिर्ने चिन्तामा डुबेका छन् । अहिले ती साना बच्चाहरु भिडभाड भएको बसमा यात्रा गर्न पाइने भएको छ तर विद्यालयमा पढन पाउदैन जहाँ कोरोनाबाट बच्ने बातावरण तयार पारेर पढाउन सकिन्छ । जनकपुरधामकै बजारहरुमा मास्क र भौतिक दुरीको कुनै ख्याल गरिएको छैन तर सानो विद्यालयलाई पूर्ण रुपमा बन्द गरिएको छ । कक्षा ६ देखि १२ सम्मको विद्यालयको कुनै अनुगमन छैन । यदि यस्तै व्यवस्था छ भने मापदण्ड अपनाएर सानो विद्यालय खोल्ने अनुमति पनि दिइनुपर्छ । कोरोना अहिले नै समाप्त हुुने होइन । एकचोटि पुुनर्विचार गर्न जरुरी छ ।