चिसोले कठ्यांग्रिएर एक वृद्धाको मृत्यु – Jaleshwortoday

चिसोले कठ्यांग्रिएर एक वृद्धाको मृत्यु

 December 28, 2022  
tt

जलेश्वरटुडे समाचारदाता
सर्लाही, १३ पौंष

चिसोले कठ्यांग्रिएर सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढामा एक दलित वृद्धाको ज्यान गएको दावी गरिएको छ । स्थानीय ७९ वर्षीया श्रीपतीदेवी पासवानको चिसोले कठ्यांग्रिएर ज्यान गएको परिवारका सदस्यले दावी गरेका हुन् । मंगलबार दिउँसो चिसोमा आगो बालेर ताप्नका लागि गाउँ भन्दा अली पर दाउरा खोज्न गएका बेला पासवान अचानक बेहोस भएर लडेकी उनलाई उपचारका लागि अस्पतालतर्फ लाँदै गर्दा बाटोमा नै ज्यान गएको श्रीपतीदेवीका छोरा बच्चेलाल पासवानले बताए । चिसो स्याँठ चलेका बेला घर बाहिर निस्किएको समयमा आमाको कठ्यांग्रिएर मृत्यु भएको छोरा बच्चेलालले बताए । प्रहरीले भने यस घटनाका सम्वन्धमा जानकारी नरहेको जनाएको छ ।