जलेश्वरटुडे समाचारदाता
धनुषा, १४ पौंष
मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् । कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् । सहमतिबाट नभएपछि दलको नेता छान्न आज जनकपुरधामस्थित पार्टी कार्यालयमा निर्वाचन भएको थियो । कृष्ण र रामसरोज संस्थापन पक्षका हुन् ।