मधेश प्रदेशका सभामुख र उपसभामुखका लागि पुस ३० गते मनोनयन दर्ता हुने – Jaleshwortoday

मधेश प्रदेशका सभामुख र उपसभामुखका लागि पुस ३० गते मनोनयन दर्ता हुने

 १६ पुष २०७९, शनिबार २३:०७  
mm

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ पौंष

मधेश प्रदेशको सभामुख तथा उपसभामुखका लागि पुस ३० गते मनोनयन दर्ता हुने भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो । शुक्रबार नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेसँगै सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका हुन् ।