अबको बिकल्प हिन्दू राष्ट्र नेपाल – संतोषानंद महाराज – Jaleshwortoday

अबको बिकल्प हिन्दू राष्ट्र नेपाल – संतोषानंद महाराज

 १८ पुष २०७९, सोमबार २०:१७  
gg

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १८ पौंष

हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष संतोषानंद महाराजले आज काठमांडूमा पत्रकार सम्मलेन गर्दै भने अबको बिकल्प हिन्दू राष्ट्र नेपाल हो। देशमा धर्म निरपेक्षता सहितको संविधान लागू गरेपछि मात्र ओमकार परिवारका व्यक्ति सँग बदमासी र आस्था केन्द्र माथि धावा बोल्ने कार्य भइरहेको छ । विश्वसामु रहेको नेपालीहरुको पहिचान पनि खोसियो । मुलुकमा आज जबरजस्ती धर्म परिवर्तन, गौ हत्या र तस्करी, जल-जमीन माथि विदेशीको कुदृष्टि एवं कब्जा, मौलिक नेपाली संस्कृति माथि आक्रमण, अनावश्यक रुपमा इसाई र इस्लामिक देशको प्रभाव बढाईनु हाम्रो लागि राम्रो संकेत होइन
एवं हिमाल, पहाड, तराई-मधेशमा सदियौं देखि मिलेर बसेको नेपाली समाजलाई उग्र जातिवाद, छुवाछुत, विभेदको नाममा NGO/INGO को माध्यम बाट तोड्ने कार्य हुँदैछ । दुर्भाग्यनै भन्नुपर्दा हरेक कार्यको साक्षी नेताहरु नै रहेका छन् । देशको राष्ट्रिय अखण्डता, स्वाधीनता, एकता, समृद्धि, पहिचान सँगै सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतु हो हिन्दू राष्ट्र नेपाल। उनले भने आज विश्वका हरेक देशमा आफ्नो धर्म छ र त्यो मुलुक आफ्नो धर्मको नामले चिनिन्छ । हाम्रो
बुझाई यो छ किहामी नेपाली माथि जबरजस्ती धर्म निरपेक्ष लादिएको हो । राष्ट्र र धर्मलाई बचाउन एवं नेपालीको
पहिचान स्थापित गराउन हिन्दू परिषद् नेपाल संघर्षरत रहेको छ । देशलाई समृद्धि, शान्त, आपसी एकता, अखण्डता,
राष्ट्रियता, मजबुत बनाउनको लागि नेपाल सरकार संग हामी माँग गर्दछौ।
हाम्रा मागहरु:-
१) सनातन हिन्दू राष्ट्र नेपाल कायम गरियोस् ।
२) जातीय र धार्मिक आयोग खारेज गरियोस् ।
३) हरेक क्षेत्रमा क्षमतावान लाई प्राथमिकता दिइयोस् ।
४) धर्म परिवर्तन पूर्ण रुपमा बन्द गरियोस् एवं धर्म परिवर्तन गराउनेलाई १० वर्ष कैद एवं देश निकालाको व्यवस्था
लागु गरियोस् ।
५) गौ हत्याएवं तस्करी पूर्ण रुपमा बन्द गरियोस् ।
६) षड्यन्त्रपूर्वक बन्द गरिएको संस्कृत शिक्षापुनः सञ्चालन गरियोस् ।
७) हरेक जिल्लामा एउटा गुरुकुल र गौशाला सरकारी स्तर बाटै स्थापना गरियोस् ।
८) हरेक देशले भगाएका रोहिंग्या मुसलमानलाई देश निकाला गरियोस् एवं नेपालमा चोरबाटो आउने कार्य पूर्ण रुपमा
बन्द गरियोस् ।
९) मठ, मन्दिर एवं धार्मिक स्थल वरिपरि पूर्णरुपमा माछा, मासु र मदिरा पसल बन्द गरियोस् ।
१०) दीर्घकालीन योजना अनुरुप सानो परिवार सुखी परिवारको अवधारणा लागू गरियोस् ।
११) स्कुल, कलेज एवं अन्य शैक्षिक क्षेत्रमा कुनै धर्म विशेषको पहिरन बन्द गरियोस् ।
१२) बलात्कारी र देशद्रोहीलाई फाँसीको व्यवस्थालागू गरियोस् ।
१३) मठ, मन्दिर एवं धार्मिक क्षेत्रका सम्पत्ति सामाजिक कार्यमा लगाउँदा स्थानीय सरोकारवाला सँग समन्वय र
सहकार्य गरियोस् तर जग्गा विक्री वितरण पूर्णरुपमा रोक लगाइयोस् ।
१४) धार्मिक गुरु, महन्थएवं अभियन्ताहरुको सुरक्षा ग्यारेन्टी गरियोस् ।
१५) राष्ट्रगुरुयोगी नरहरिनाथलाई विभूतिघोषणा गरियोस् ।
१६) दोहोरो नागरिकता फेला परेको खण्डमा त्यो व्यक्तिको सम्पूर्ण सम्पत्ति जफत गरियोस् ।
१७) राजनीतिक दलमा पनि जातीय, धार्मिक एवं समाज विखण्डित गर्ने कमिटी गठन गर्ने प्रक्रिया बन्द गरियोस् ।
१८) कुनै सम्झौतागर्दा राष्ट्र, जनता र धर्मलाई हानीनहुने कार्य गर्न अनुरोध गर्दछौं ।
१९) सनातनधर्म रक्षाएवं ओमकार परिवारको एकताएवं संस्कृति मजबुतीका लागि राज्यस्तर बाटै कार्यक्रम लागू
गरियोस् ।
२०) महिला, बालबालिका एवं समुदाय विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यगर्ने व्यवस्था लागू गरियोस् ।
२१. धार्मिक स्थलमा राजनीतिक नियुक्ति बन्द गरियोस् एवं जानकी मन्दिर, देवघाट धाम सहित अन्य प्रमुख धार्मिक
स्थल लाई विश्व सम्पदा सूचीमा राख्ने व्यवस्था तयार गरियोस् भन्ने माँग हिन्दू परिषद् नेपालले सरकार संग गरेको परिषद्का केन्द्रीय अध्यक्ष संतोषनंद महाराज भने।