जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ पौंष
अत्यधिक जाडो बढेपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि सबै विद्यालयहरुमा विदा दिएको छ । उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो विदा दिने निर्णय गरेको हो । उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका बरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार तीन दिनको जाडो विदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ ३ गतेसम्मको जाडो विदावाट कट्टा गरिने छ ।