बिहार विधानसभाको लागि पहिलो चरणको मतदान समपन्न – Jaleshwortoday

बिहार विधानसभाको लागि पहिलो चरणको मतदान समपन्न

 १२ कार्तिक २०७७, बुधबार २२:१८  
Bihar

जलेश्वरटुडे समाचारदाता
भारत, १२ कार्तिक

कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको मतदान समपन्न भएको छ । मतदान बिहान ७ बजे शुुरु गर्ने भने पनि ठाउँ—ठाउँमा फरक समयमा शुरु भएको थियो । कोरोना कहरको बिच मतदान गराउनु चुनौतिपूर्ण रहेको कारण मास्क,भौतिक दूरी तथा सेनेटाइजरको व्यवस्था तथा निगरानी मतदान केन्द्रहरुमा गरिएको स्र्रोतबाट बुझिएको छ । मतदान तीन चरणमा हुने छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भयो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणको मतदान ३ नोभेम्बरमा र तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुने निर्वाचन तालिका छ । निर्वाचनको नतिजा १० नोभेम्बरमा सार्वजनिक हुने छ । सबैभन्दा धेरै २७ उम्मेदवार गया टाउनमा छन् भने सबैभन्दा कम ५ उम्मेदवार कटोरियाबाट चुनाव लडेका छन् । पहिलो चरणको निर्वाचनमा राष्ट्रिय जनता दल (राजद)ले सबैभन्दा धेरै ४२ सिटमा उम्मेदवारी दिएको छ । यसैगरी लोक जनशक्ति पार्टी (लोजपा) ले ४१, राष्ट्रिय लोक समता पार्टी (रालोसपा) ४०, भारतीय जनता पार्टी (भाजपा) २९ सिटमा चुनाव लडेका छन् । भाजपाको सहयोगी एवम् नितिश कुमार नेतृत्वको पार्टी जनता दल युनाइटेड (जेडीयु) ३५ सिटमा चुनाव लडेको छ । ३५ सिटमा कांग्रेस र ८ सिटमा कम्युनिस्टका उम्मेदवार चुनावी मैदानमा छन् । जितन राम माझीको हम–एस ६ सिटमा र मुकेश सहनीको वीआईपी एक सिटमा चुनाव लडेका छन् । मतदाता २ करोड १४ लाख छन् ।