राकेश प्रसाद चौधरी
पोखरा, २३ पौंष
पोखरा, २३ पौंष
जलेश्वर नगरपालिका र मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपका प्रतिनिधिबीच शुक्रबार पोखरामा छलफल भएको छ।
छलफलमा जलेश्लर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मणिपाल कलेज शुरू नभए जग्गामा रातो खोलाको पानी हालेर पोखरी बनाउने चेतावनी दिए। नगरप्रमुखको चेतावनीमा मणिपालका प्रतिनिधि नारायण पौडेलले कुन विषयको पठ्नपाठन गराउनेबारे सम्भाव्यता अध्ययन थालिसकेको बताए।
उनले मणिपाल कलेज शुरू हुने कुरामा शत प्रतिशत विश्वस्त रह्न आग्रह समेत गरेका छन्। पोखरास्थित मणिपाल कलेजमा भएको छलफलमा विभिन्न क्षेत्रका बिज्ञको उपस्थित थियो।
त्यस्तै जलेश्वर नगरपालिकाका नगरप्रमुख सोनारलाई तराई सेवा समिति र चण्डिका आमा समूहले सम्मानित गरेको छ। यसैबीच पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँग समेत पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको जलेश्वरका नगर प्रमुख सुरेश साह सोनारले बताए ।