सभामुख र उपसभामुख भागबण्डा : माओवादी ४, एमाले २ र राप्रपालाई १ सभामुख, जनमत र उन्मुक्तिलाई उपसभामुख – Jaleshwortoday

सभामुख र उपसभामुख भागबण्डा : माओवादी ४, एमाले २ र राप्रपालाई १ सभामुख, जनमत र उन्मुक्तिलाई उपसभामुख

 २४ पुष २०७९, आईतवार २२:४७  
yy

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ पौंष

सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख उपसभामुखको पनि भागबण्डा भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै सभामुख उपसभामुख पनि टुंगो लगाएको हो ।जसमा माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले १ प्रदेश सभामुख पाएको छ ।  बालुवाटार स्रोतका अनुसार एमालेले मधेश र कर्णाली प्रदेशमा सभामुख एमालेले लिने सहमति भएको छ भने माओवादी केन्द्रले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख पाउने भएको छ ।त्यसैगरी बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा पर्दा प्रदेश १ र गण्डकीको उपसभामुख एमालेको भागमा परेको छ । माओवादी केन्द्रले बागमती र कर्णालीमा उपसभामुख पाउँदा लुम्बिनीको उपसभामुख राप्रपाले पाएको छ ।मधेश प्रदेशको उपसभामुख जनमत पार्टीले लिने र सुदूरपश्चिम प्रदेशको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई लिने गरी सहमति भएको छ ।  सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै सभामुख उपसभामुखको पनि सहमति भएको हो ।