
जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० पौंष
धनुषाको जनकपुुरधाम उपमहानगरपालिका वडा नं.—१४ मा अवस्थित आरोग्य नेपालले शनिवार जनकपुरधाम वडा नं.— १२,हनुमान नगरमा भाडामा बस्दै आएको एक असहाय परिवारलाई सहयोग गरेको छ ।
परिवारको अनुसार करिब १२ दिन अघि असह्य जाडोको कारण अस्पताल लग्ने क्रममा मृत्यु भएको ४५ वर्षिय स्व.संजिव ठाकुरको पत्नी रिना देवी ठाकुरलाई २५ किलो चावल,आलु,प्याज,नुन,स्वाविन,तेल,दाल,भटमास,विस्कुट,चाउचाउ,चादर,न्यानो कपडा सहितको सामाग्रीले आरोग्य नेपाल फ्रि फुड फर हन्गरी पिपलको सहसंयोजक अनिल यादव,संस्थाको अध्यक्ष संजिव अधिकारी,सचिव यज्ञ यादव,सहसचिव उमेश यादव र सदस्य सनातन राउतको उपस्थितिमा सहयोग भएको छ । रिना देवी ठाकुरको १३ वर्षिय छोरालाई समेत पठ्नपाठ्नको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरुले भविष्यमा सहयोग गर्ने संस्थाको अध्यक्ष संजिव यादवले आश्वासन दिए । बिक्रम संबत २०६८ सालदेखि फ्रि एजुकेशन,फुड एण्ड हेल्थ उद्देश्य लिएर संचालन भएको आरोग्य नेपालले नियमित रुपमा प्रत्येक हप्ता सदस्यहरुबाट उठेको रकमले असहायलाई फ्रि फुडको क्षेत्रमा सहयोग गर्ने गरेको र यो आज ३४ औं हप्ता पुगेको अध्यक्ष यादवले जानकारी गराए । भविष्यमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत सहयोग गर्ने अध्यक्ष यादवले थपे ।